हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिएसँगै टेलिभिजन, युट्युब र अन्य सामाीजक संजालहरुमा तीजगीतहरु बजिरहेका छन् ।

पहिलेको भन्दा तीज गीतका श्रोता÷दर्शकहरु पनि बढिरहेका छन् तर आजभाेिलका तीज गीतहरुले संस्कृति बिगारे, मौलिकता हरायो, उच्छृङखल बन्दै गए भन्ने जस्ता आलोचनात्मक टिप्पणीहरु पनि उत्तिकै सुनिन्छन् । यो लेख तीज गीत विग्रिएका भन्दा पनि सामाजिक यथार्थताको चित्रण गरिरहेका छन् भन्ने विषयमा केन्द्रित छ।

नारायण पौडेल

तीज गीत नेपाली हिन्दू नारीहरुले हरीतालिका तीजका अवसरमा गाइने गीत हो । नेपालमा धेरै लोक गीतहरु धर्म–संस्कृित, चाढबाड, परम्परागत संस्कार तथा प्राकृतिक अवसरहरुसँग जोडिए जस्तै तीज गीत तीजका अवसरमा महिलाहरुले परम्परागत रुपमा गाउ्रँदै आएका छन ।

तिजको अवसरमा माइतीघरमा आएका चेलीवेटीहरुले आफ्नो सुख–दुखका कुरा स्थानीय बाध्य सामाग्रीका साथमा ज्ञयात्मक शैलीमा व्यक्त गर्दछन् । यस अर्थमा हेर्ने हो भने तिज गीत माइतमा आएका चेलीवेटीहरुको हर्ष तथा पीडा अभिव्यक्तिको माध्यम हो, तर आजभोलिका तिज गीतहरुले हिजोको साँगुरो परम्परागत सीमारेखालाई नागेर अगाडि बढिरहेको देखिन्छ।

पछिल्ला वर्षहरुमा तीज गीतका सवालमा परस्पर विरोधी टिप्पणी सुनिन थालेका छन । नयाँ पुस्ता नयाँ शैली तथा विषयवस्तुका गीतसँगै रमाइरहेका छन भने पुरानो पुस्ता तीज गीतले मौलिकता गुमाएको पीडाबोध गरिरहेका छन् ।


तीज गीत सामाजिक संस्कारको परम्परागत निरन्तरतासँगै सामयिक परिमार्जित हुँदै हुर्किएको लोक गीतको उप विधा हो त्यसैले यो सामाजिक यथार्थताबाट टाढा जान सक्दैन । टाढा हुनु पनि हुँदैन । समाज गतिशील छ । हिजोका सामाजिक मूल्यमान्यताहरु कुन समयमा असान्दर्भिक हुन्छन् भन्ने कुराको सुनिश्चितता छैन । यो परिवर्तनशील सामाजिक यथार्थता तीज गीतमा अवपाद बन्न सक्दैन ।

हामीले बोलिने भाषा, चाडबाड मनाउने तरिका, खानाका परिकार, लगाउने पोशाक, पारिवारिक तथा सामाजिक भूमिका, लैङ्गिक समानताका बहस आदि विषयममा तीब्र परिवर्तन भैरहेका बेला तीज गीतमा आएको परिवर्तनलाई सामाजिक रुपान्तरणको एउटा आयाम भनेर मान्नु पर्ने हुन्छ ।

यस मानेमा वर्तमान तीज गीतले सामाजिक यथार्थताको न्याियक चित्रण गरेको छ भन्दा अत्युिक्त नहोला । तीज गीतले त्यतिवेला मौलिकता बिर्सने छ जतिवेला यसले सामाजिक यथार्थताको धरातल विर्सिएर कोरा काल्पनिक बन्ने छ ।

परम्परागत तीज गीत
तीज गीतको प्रमाण सहितको इतिहास लामो छैन । तीज गीतको परम्परा एउटा पुस्ताबाट अर्को पुस्तामा कुन–कुन स्वरुपमा हस्तान्तरण हुँदै आयो भन्ने कुरा अर्को गहन अध्ययनको विषय हो । यदि रेडियो नेपालमा गीत रेकर्डिङ सुरु भए पछिका गीतहरु, जसलाई यहाँ पुराना तीज गीत मानिएको छ, अध्ययन गर्ने हो भने ति गीतहरुले तत्कालीन नेपाली सामाजिक परिवेशलाई प्रतिनिधित्व गरेको देखिन्छ ।

माइतीधरबाट लिन नआएसम्म तीजमा माइतीघर जान नपाइने हुनाले अन्य चेलीवेटी माइत जाँदा आफू घरमै बसी काम गर्नु परेका पीडाहरु व्यक्त भएको पाइन्छ । तत्कालीन परिवेशमा बाटो–घाटो, पुल–पुलेसा राम्रो नहुनुका साँथै महिलाहरुलाई साह«ै कमजोर ठानेर एकल वा छोरा–छोरीका साथमा यात्रा अनुमति नदिनु जस्ता सामाजिक परिवेशले उब्जाएका मनोभावहरु तीज गीतमा भेटिन्छन् ।

त्यस्तै सासुले पेटभरी खाना खान नदिएको, जति काम गरे पनि जस नपाएको, छोरी मात्र जन्माएको कारण अपहेलित हुनु परेका,े (राम्रो गरि राख आमा पाउनापाछा आउनेलाई, कहिल्यै सन्तोष हुन्न आमा छोरी पाउनेलाई ।

– विमाकुमारी दुरा) जँड्याहा श्रीमान्को शारीरिक तथा मानसिक यातना सहनु परेको, राम्रा कपडा तथा गहना लगाउन नपाएको, सौता व्यहोर्नु परेको,(हाम फालेर मरांैकी त्रिशुलीको पानीमा, घरमा वसौं सौता छ माइत सानीमा । – शर्मीला गुरुङ) नन्द अमाजुले सासू ससुरालाई कुरा लगाइदिएर पारिवारिक झगडा पारिदिएको, दाइजो नल्याएका कारण भोग्नु परेको पीडा, (ससुराले भन्नुहुन्छ दाइजो थोरै ल्याएकी हो, सासूले भन्नुहुन्छ रित्तै आकी हो ।–हरिदेवी काइराला) श्रीमान् विदेशमा हँुदा पनि आम्दानी आफ्नो हातले भोगचलन गर्न नपाएको, श्रीमान् शिक्षित र आफू अशिक्षित भएका कारण भाषागत समस्या भएको, श्रीमान्का नाममा पानी पनि नखाई व्रत बसेको, दुःख र पीडाका बीच माइतमा आई बाल्यकालका साथी सँगी भेटी आमाले पकाएको दर खान पाउँदा अन्यन्त हर्ष लागेको आदि जस्ता विषयहरु भेटिन्छन् जुन तत्कालीन समयका प्रतिनिधिमूलक विषयवस्तु नै हुन् ।

यस्ता गीत गाउँदा प्रमुख भूमिका महिला कै थियो भने पुरुषहरुको भूमिका नगण्य मात्रामा थियो । भएकोमा पनि छोरी लिन आएको बाबु, दिदी बहिनी लिन आएका दानुभाई तथा माइत जान नदिने श्रीमान्का रुपमा मात्र सिमित थियो । त्यति बेला परम्परागत बाजाहरु मात्र प्रयोग हुन्थे किनकि आधुनिक प्रबिधियुक्त वाध्य सामग्री उपलब्ध नै थिएनन् र भएका पनि समावेश गरिँदैनथ्यो ।

वर्तमान तीज गीत

वर्तमान तीज गीतमा पुराना मूल्यमान्यतहरु जवरजस्त परिमार्जित भएका छन् । सूचना तथा संचार प्रविधिको पहुँच, रेकर्डिङ प्रविधिको सहज उपलब्धता, सामाजिक–राजनैतिक–आर्थिक अवस्थामा आएको परिवर्तन, वैदेशिक रोजगारी र यसका परिणाम, नेपाली डायस्पोराको तीज मनाउने ठिमाहा प्रबृत्तिको नक्कल आदि कारणहरुले हिजो आज सृजना भएका तीज गीतमा धेरै परिवर्तन देख्न सकिन्छ ।

परिर्वतित विषय बस्तु
जसरी समयको गतिसँगै सामाजिक रुपान्तरणको गति पनि तीब्र हुँदै जान्छ त्यसरी नै वर्तमानमा बनेका तीज गीतका विषयवस्तहरुु पनि रुपान्तरित छन् । हिजोका तीज गीतमा जस्तो चुल्होचौको र भकाराका विलौना माइतमा पोख्ने नभएर आजका गीतमा महिलाहरु आफ्ना विविध समस्याहरु सार्वजनिक गर्दै राज्यका जिम्मेवार निकायहरुमा गएर न्यायका लागि आवाज बुलन्द गरिरहेका छन् जसले वर्तमान परिस्थितिमा महिला सशक्तिकरणको प्रतिनिधित्व गरेको छ । पुरुषवादी समाजले अपेक्षा गरे अनुरुप परनिर्भर नबनेर व्यापार व्यवसाय वा जागिर गरी आत्मनिर्भरताको बाटोमा हिँडेका महिलाहरुका गीतले समाज रुपान्तरणको यात्रामा अगाडि बढिरहेको छ भन्ने सकारात्मक कम्पन गराएको छ ।

हिजोका गीतमा भान्सा, गोठ, मेलापात जस्ता विषय थिए भने आजका गीतमा विदेशिएका श्रीमान उतै हराएको वा मृत्यु भएकोमा विलौना छन् भने कतै श्रीमानले विदेशमा पसिनाले साटेर पठाएको पैसा चरम दुरुपयोग गर्ने श्रीमतीका कथाहरु पनि समावेश छन । (मेरो वुढो यूकेमा छ टन्न पैशा खान्छ, आओ साथी पार्टी गरम् मेरो के नै जान्छ । – शिलु भट्राई) यी घटनाहरु वर्तमान नेपाली समाजका यथार्थता नै हुन् । आजका तीज गीतले कट्टर परम्परागत धर्म संस्कारको बखान नगरेर प्रेमील मनका आवाज पनि बुलन्द पारेका छन । हुन पनि तीज पर्व त हिन्दुहरुका लागि प्रेम दिवस नै हो ।

एउटा विवाहिता नारीले आफ्नो श्रीमान्को सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्नु तथा अविवाहित सुकुमारीहरु हुनेवाला श्रीमान् असल होस् भन्दै निराहार व्रत बस्ने र बेलुका उसैलाई टीका लगाएर प्रसाद खुवाएका कुरा तीज गीतमा समावेश गर्दा तीजको मौलिकता हराएको र संस्कृति बिग्रिएको देख्ने हाम्रो पूर्वाग्रही दृष्टिकोण नै गलत छ ।

सन्त भ्यालेन्टाईनको मृत्य्ु कथाका आधारमा मानिसको प्रेम दिवसलाई त्रीव्र रुपमा अनुसरण गर्ने पवृृत्ति बढिरहेका बेला पार्वतीको शिव प्रेमलाई मानवीय प्रेम प्रतिज्ञाको उत्कृष्ट नमूना मानेर तिज व्रतलाई प्रेम दिवसका रुपमा अथ्र्याउन सक्ने हो भने फरक मौलिक संस्कार स्थापित हुन सक्छ । मौलिकता पुरानो निरन्तरता मात्र होइन नयाँ सृजनात्मक रचना पनि हो ।

जसरी युवतीको शारीरिक सौन्दर्यताको वर्णनबाट सुरु भएको गजल विधा आज मानव जीवनका हरेक पक्षको समान वकालत गरिरहेको छ त्यसरी नै तीज गीत पनि तीजको साँगुरो घेराबाट बाहिर निस्किएको मात्र हो ।

आजको तीज गीतले समाजमा भएका हत्या, बलात्कार, (जिन्दगीमा मेरो घट्यो एउटा घटना, वरिलै चोट अझै ताजै छ, । – देवी घर्ती) भ्रष्ट्राचार, (वाइड वडी नी पच्यो यहाँ तेत्तिस किलो पचाइयो, भित्र भित्रै अपराधीलाइ किन वचाइयो, ओइ वेसार भ्रष्ट्राचारको दवाइ के छ र । – दुर्गेश थापा) पुरुषवादी अधिनायकत्व, एसिड आक्रमण, कोरोना कहर, ढिलो विवाहका पीडा, प्रौढ प्रेम जस्ता सामाजिक मनोविज्ञानका विषयलाई छोएका छन् ।

कुनै कुनै गीतहरुमा दरका नाममा मासु रक्सी खाएका महिलाहरुका अभद्र हर्कतहरु पनि देखिएका छन् (नारीहरुको तीज आँउदा आज यहाँ खत्रा भो, तिम्ले पिउँदा केही हुँदैन हाम्ले पिउदा जात्रा भो । – ललिता के.सी.) जुन बेठीक भए पनि हाम्रो सामाजिक यथार्थता भन्दा बाहिरका विषयवस्तु भने होइनन् ।

हिजोको समाजमा पुरुषले मात्र रक्सी खान्छ भन्ने थियो तर आज महिलाहरुले पनि पुरुषहरुले बराबर रक्सी पिएको हामी आफ्नै आँखाले देखिरहेका छौं भने गीत देख्दा किन नौलो मान्नु प¥यो र ? गीत संगीत सामाजिक चरित्र भन्दा भिन्न बन्न सक्दैन र हुनु पनि हुँदैन ।

बाध्य सामाग्री
तीज गीतका सवालमा आलोचना हुने ग्ेको अर्को विषय हो परम्परागत बाध्यवादनको प्रयोग छाडेर पप गीतका आयातीत वाध्यवादन प्रयोग गरेको । हुनत पुराना वाध्यवादनका सामग्रीलाई आधुनीकीकरण गरेर प्रयोग गर्नु जत्तिको उत्कृष्ट अरु के नै हुन सक्छ र ? तर हाम्रो युवा पुस्ता गीतार र ड्रमसेटको धुन नभएको संगीतलाई संगीत नै नमान्ने भैसकेको छ ।

परम्परागत गीतीशैलीमा आधुनिक वाध्यवादनको प्रयोग गरेर पप गीत सुन्ने श्रोताको जमातलााई तीज गीत सुन्ने बनाएको पनि त्यही गीतार र ड्रमसेट हो नि त । (काँचो कटर … – दुर्गेश थापा) यस अर्थमा मूल्याङ्कन गर्ने हो भने आधुनिक वाजाले तीज गीतलाई विगारेको होइन ठ्रूलो श्रोताका माझ अझ समृद्ध बनाएको छ ।

अर्को कुरा बच्चैदेखि आफ्ना छोरा–छोरीलाई गीतार किनिदिने अनि त्यही गीतार समाएर खिचेका फोटोलाई गर्वका साथ सामाजिक संजालमा हाल्ने आमा बाबुले तिजका गीत भने परम्परागत हुनु पर्छ भन्ने मान्यता बोक्नु कति प्रासंगिक होला? हाम्रा सम्पूर्ण सामाजिक क्रियाकलापहरु रुपान्तरणका पक्षमा हुने अनि एक दुई जना कलाकारले मात्र परम्परा जोगाइदिुन पर्छ भन्ने मान्यता भित्र नै समस्या छ । उसो त एकाध बाहेक कुनै पनि कलाकारले संस्कार जोगाउन कै लागि गीत गाएकै हुँदैन ।

हरेक कलाकार आफ्नो व्यवसायिक सफलता र ख्यातिका लागि काम गरिरहेको हुन्छ र उसको मेहेनत कसरी हुन्छ धेरै भन्दा धेरै श्रोता÷दर्शकको मन जित्नका लागि हुन्छ । उसको सफलता र असफलता पनि श्रोता÷दर्शकको संख्यामा भर पर्छ । जव रुपान्तरिक तीज गीतले श्रोताकोृ संख्या बढाएको छ भने साना कमजोरी खोतलेर आलोचना गर्नुको साटो प्रशंसा गर्नु नै तिज गीतलाई माया गरको ठहर्छ ।

मनो–सामाजिक विरोधाभाष
तीज गीतहरुमा समस्या छँदै छैन भन्ने पटक्कै होइन तथापि लेखकले समस्या मनो–सामाजिक अन्तरर्विरोधमा देखेको छ । आज मानिस आँफू भत्काउँदै हिँड्छ अरुले बनाउनु पर्छ भन्ने सोच राख्छ, आफूले फोहोर गर्छ अरुले सफा गरेनन् भनेर असन्तुष्ट हुन्छ अनि गलत आफूले गर्छ तर अरु सुध्रिनु पर्छ भन्ने वकालत गर्छ ।

आफूले घरमा तीजका अवसरमा मासु र रक्सीको दर खुवाएर भिडियो खिची असंख्य प्रतिक्रियाको अपेक्षा सहित सामजिक संजालमा राख्ने पुरुषहरु गीतमा देखाइएको दरका दृष्यमा महिलाले रक्सी पिएको परम्परा बिरोधी भयो भनेर आलोचना गर्दछन्, आफ्नी छोरीलाई कट्टु देखिने छोटाजामा लगाइ दिएर हातमा समाती मेलामा जाने आमाहरु तीजका गीतमा महिलाको पहिरन छाडा भयो भनेर असन्तुष्टि पोख्छन् ।

सोह्र वर्ष पार नगरेकि छोरीलाई तीजमा निराहार व्रत वस्न लगाउने आमाहरु तीज व्रतको मर्म विर्सिएर तीजका गीतमा व्रत वसेकी केटीको आफ्नो हुनेवाला श्रीमान्सँगको प्रेमील टिकाटालालाई अभद्र तथा छाडा मान्छन्, महिला र पुरुष एउटै सिक्काका दुई वटा पाटा भनी वकालत गर्ने महिला विदुषीहरु पुरुषले तिजका गीत गाइदिए भनेर रोदन गर्दछन्, बिहेमा दुलाहाले दुलहीलाई थोरै गहना ल्यायो भनेर ओठ फर्काउने दिदीबहिनहीहरु तिज भड्किलो भयो भनेर टिप्पणी गर्छन् ।

यस्ता सामाजिक सांस्कृतिक विमारको ओखती कुन वैद्यको पसलमा किन्न पाइन्छ र खै? अन्तमा, आजका तिज गीत जस्ता बनिरहेका छन् सब ठीक छन् भन्ने दलिल पटक्कै होइन तर जे जस्ता गीत÷भिडियो बनेका छन् कुनै पनि हाम्रो सामाजिक यथार्थता भन्दा टाढाका काल्पनिक छैनन् भन्ने हो । समाजबाट सांस्कृतिक फोहोर नवढारिएसम्म पुरानो पुस्ताले चाहे जस्तो शुद्ध तिज गीत बन्न सक्दैनन् ।

Leave a Reply