कोरोना भाईसर र वन्दावन्दीले देश भरका विकास आयोजनाप्रभावित भैरहेको वेला नेपाल कै प्रसिद्ध धार्मिक गन्तव्यबागलुङ कालीकाभगवतीमन्दिरपरिसरमाबागलुङको स्थानीय स्टेल ढुंगाबिच्छाइएको छ ।

बिश्वब्यापी महामारीको रूपमाफैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा बन्दाबन्दी चलिरहेको समयमा भक्तजनको आगमन नभएको अवसर छोपि बागलुङको कालिका भगवती मन्दीर परिषरमा बागलुङको ताराखोलामा पाईने स्लेट ढुङगा विच्छाईएको छ ।

कालिका भगवती मन्दिरको प्रवेशद्वार परिसर तथाभक्तजनहरू हिड्ने भित्रि बाटोमा ढुङगा विच्छाईएको हो । बागलुङ पोखरा राजमार्ग वाटकरिव ७ सय मिटर दुरीमाघनाजंगलभित्र रहेको मन्दीर जाने सवै वाटोमा ढुङगा विच्छाईएको छ ।

यस अघि३ सय २५ मिटर वोटोमा ढुङगा विच्छाईको मावाकी रहेको खण्डमा करिव ६० लाख लागतमा बागलुङमै पाईने स्लेट ढुङगा विच्छाइएको छ ।वन्दावन्दीको समय सदुपयोग गरी मन्दीरमापुर्वाधार विस्तारको कामतिव्र पारिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले वताउनु भयो ।

सरकारले कोरोना भाइरस फैलिने डरले मन्दिर, मस्जिद ,गुम्बा ,लगायतका सबै धार्मिक गन्तव्यमा जानभक्तजन लाई प्रतिबन्धलगाएको मन्दीरमापुर्वाधार निर्माणको कामगरिएको छ।

भगवतीमन्दिर ब्यबस्थापन समितिले बिकास निर्माणको कामलाई सामाजिक दुरि कायमगरि अगाडि बढाएको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।

सहरी बिकास मन्त्रालयको ५० लाख र मन्दीर व्यवस्थापन समितिको १० लाख श्रमदान गरी ६० लाखको लागतमा मन्दीर पुग्ने वाटो विस्तार गरिएको कालीका भगवती गुठी ब्यबस्थापन समितिका कोषाध्यष निशानखड्काले वताउनु भयो ।

नेपाल कै प्रसिद्ध शक्तिपिठ कालीका भगवतीमन्दिर परिसरमा बागलुङ जिल्ला कै स्थानीय स्लेट ढुंगाबिच्छा एपछि यसले मन्दिरमा थप रौनकता थपेको हुदा धार्मिक पर्यटक भित्र्याउन मद्दत पु¥याउने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताउनु भयो ।

दैनिक रूपमा सयौं भक्तजन तथाधार्मिक पर्यटक आउने मन्दिर कोरोना भाइरसको कारणले थप्पभएकोबेलामन्दिरको भौतिक संरचनाको कामगर्न भने सहजभएको छ ।

कोरोना भाइरस कोभिड १९ को जोखिम बढेको भन्दै सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेपछि कालीका भगवती मन्दिरमा भक्तजनलाई प्रवेश गर्न र पुजाआजा गर्न रोक लगाएपनि मन्दिरमा दैनिक नित्य पुजाअर्चना मात्रै हुँदै आएको छ ।

Leave a Reply