बागलुङमा थप एक महिलालाई कोरोना पुष्टि भएको छ ।प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ की २६ बर्षिय महिलालाई कोरोना पुष्टि भएको बागलुङ नगरपालिका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

साउन ३२ गते संक्रमण पुष्टि भएकी बानपा–३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३ बर्षिय महिलाको कन्ट्रयाक टेसिङमा परेपछि उक्त महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख खनालले बताउनुभयो । उहाँले संक्रमित महिलालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा लगिने बताउनुभयो ।यसअगाडी २३ बर्षिय महिलाको कन्ट्रयाक ट्रेसिङमा परेका ६ जनालाई संक्रामण पुष्टि भएको थियो ।

Leave a Reply