छिमेकी जिल्ला बागलुङमा संक्रमतिको सम्पर्कमा रहेकालाई धमाधम कोरोना पुष्टी हुन थालेपछि म्याग्दी प्रवेशमा कडाई गरिएको छ । हिन्दु महिलाको पर्व तिजको अवसरमा वा अन्य विभिन्न प्रयोजनका लागि बेनीको कालिपुलबाट प्रवेश गर्न खोज्नेलाई फिर्ता पठाउन थालिएको छ भने कालीपुलको नाकाबाहेक अन्य नाकाहरु सिल गरिएकाले लुकिछिपी आएमा फिर्ता पठाउन समेत सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको छ ।

म्याग्दी प्रवेश गर्नेबाट कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन सक्ने उच्च जोखिम बढेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको वैठकले जिल्लाको कालीपुलको नाकाबाहेक अन्य नाकाहरु सिल गर्ने निर्णय गरेसँगै कोरोना समुदायमा फैलिएको जिल्लाबाट आउनेलाई स्थानीय तहले जिम्मा नलिए बाटोबाटै फिर्ता गर्ने गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुवँरले बताउनुभयो ।

‘बिहिबार ७ जनाभन्दा बढीलाई फिर्ता पठाइयो,‘वारीबेनी मै चेकजाँचमा कडाई गरिएको छ’ प्रनाउ कुँवरले भन्नुभयो । बागलुङ र पर्वतमा पारिवारिक सम्बन्ध भएका धेरै भएकाले विभिन्न बाहनामा परिचय समेत लुकाएर आवतजावतको जोखिमलाई मध्यनजर गरी सिमामा कन्ट्रयाक टेसिङ भइरहेका क्षेत्रबाट आउनेलाई केही समय होल्ड गरी पठाउने गरिएको प्रहरीले जनाएको छ ।

बेनी कालिपुल र वारीबेनी पोष्टबाट पार गरेकालाई होल्डिङ सेन्टरमा राखेर मात्रै सम्बन्धित स्थानीय तहले होम क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरिएको म्याग्दीमा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो । ‘समुदायमा कोरोना फैलिन नदिने आवश्यक सबै शक्ती प्रयोग गरेका छौ,‘देशभरबाट आउनेलाई जिल्ला प्रवेशमा सहज छैन’ प्रजिअ अधिकारीले भन्नुभयो ।

सिसीएमसीले छिमेकी जिल्ला बागलुङबाट आउनेलाई धेरै निगरानी गरेको छ । गएको साउन ३२ गते संक्रमण पुष्टि भएकी बानपा–३ हाडेपाखामा व्यवसायी गरि बस्ने २३ बर्षिय महिलाको परेपछि उक्त महिलाको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि संक्रमति महिलाको कन्ट्रयाक ट्रेसिङमा परेका ७ जनालाई संक्रामण पुष्टि भएको थियो ।

Leave a Reply