पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक खण्ड पन्छाउने क्रममा अन्नपूर्ण गाउँपालिका–३ स्थित काभ्रेभिरमा एक्कासी सुख्खा पहिरो खसेको छ ।

लामो समयसम्म सडक अवरुद्ध हुदाँ समस्या झेल्दै आएका उत्तरी म्याग्दी र मुस्ताङबासीलाई सिधा यातायात सञ्चालनका लागि शुक्रबार काभ्रेभीरमा विष्फोटक पर्दाथको प्रयोग गरी अवरुद्ध पन्छाउने प्रयास भइरहदाँ एक्कासी माथिबाट पहिरो खसेर उपकरणमा समेत क्षती पुगेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

‘विष्फोटक पर्दाथ विष्फोटको तयारी भइरहेको थियो,‘भिरबाट पहिरो खसेपछि भागाभाग भयो’ शेरचनले भन्नुभयो ।

उहाँका अनुसार करिब ३० वटा होल खोलिसकेको अवस्थामा पाईप लगायत आवश्यक उपकरणमा पहिरोले क्षती पुगेपछि शुक्रबार काम रोकिएको छ । माथिबाट पहिरो खस्न थालेपछि शेरचन सहित ६ जना सुरक्षित स्थानमा लागेका थिए । ‘केही सेकेण्डले ज्यान जोगियो,‘पानीभित्र काम गर्नुपर्छ, कतिबेला पहिरो आउँछ थाहा हुदैन’ शेरचनले भने ।

अवरुद्ध सडक आइतबारसम्म सिधा सञ्चालन गर्ने प्रयास भएपनि सुख्या पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको बताइएको छ । सुख्खा पहिरोले कालिगण्डकी नदीमा कुनै असर गरेको छैन् । ७८ किलोमिटरको बेनी–जोमसोम सडकखण्ड अन्तरगत दाना अन्नपूर्ण –३ स्थित गुइठेभीरदेखि मुस्ताङको थासाङ गाउँपालिकासम्मको सडक सबैभन्दा जोखिम मानिन्छ ।

Leave a Reply