क्यान्सर पीडित बेनी नगरपालिका-१०, की दलित महिला सदस्य कमला नेपालीको उपचारको क्रममा निधन भएको छ । लामो समय क्यान्सरबाट क्यान्सर रोगबाट ग्रसित नेपालीको भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस म्याग्दीबाट निर्वाचित नेपालीको पोखरामा उपचारको क्रममा पत्थरी, पित्त नलिमा समेत समस्या देखिएको थियो ।

नेपाल र भारतका चिकित्सकले समेत क्यान्सरको पुष्टी गरेपछि विगत ५ महिनादेखि भरतपुरमा उपचारर्थ हुनुहन्थ्यो । नेपालीका श्रीमान, दुई छोरा रहेको कार्यवाहक अध्यक्ष लोकबहादुर पुनले जानकारी दिनुभयो । विपन्न परिवारकी स्वर्गीय नेपालीको उपचारको क्रममा करिब १५ लाख खर्च भएको छ । गलेश्वरमा अन्त्येष्टी गरिएको नेपालीको शबमा संविधासभा सदस्य रेशम बहादुर बानियाँ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, सचिव सचिव क्या. मिनबहादुर कार्की, प्रबक्ता अजयमिलन श्रेष्ठ,महासमिति सदस्य चिरञ्जीबी शर्मा, सहसचिव भरत रकाल,जिल्ला कार्यसमिति सदस्य ओम छन्त्याल, केवी भण्डारी, मनकुमारी विक लगायत पार्टीको नेताले शवमा पार्टीको झण्डा ओडाएर श्रद्धान्जली व्यक्त गरेका गर्नुभएको थियो ।  अन्त्येष्टीमा  बेनी नगर उपप्रमुख सञ्जु बरुवाल, प्रबक्ता रामकृष्ण बराईली, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी लगायतले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply