अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

छुट्टीमा घर आएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

On: August 22, 2020 10:02 AM
Follow Us:

छुट्टीमा घर आएका एक जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।नेपाली सेनामा कार्यरत बागलुङ नगरपालिका–१२ का २६ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो । लम्जुङमा कार्यरत रहेका उनी घर आएको केहि दिनमा ज्वरो, खोकी लगायतका लक्षण देखिएपछि उपचारको लागि धौलागिरी अस्पताल पुगेकोमा कोरोना आशंकामा आइसोलेसन कक्षमा भर्ना गरि पिसिआर परीक्षण गर्दा संक्रमण पष्टि भएको डा. पोखरेलले जानकारी दिनुभयो ।संक्रमित सुरक्षाकर्मीको अवस्था पहिले जस्तै रहेको डा. पोखरेलले बताउनुभयो । ‘अहिले पनि उहाँलाई खोकी लागि रहेको छ,’ डा. पोखरेलले भन्नुभयो–‘आशंकामा आइशोलेसनमा भर्ना गरिएको थियो अहिले कोरोना पुष्टि भएको छ।’                                                                              छुट्टीमा आएका सुरक्षाकर्मीलाई कोरोना देखिएपछि उनको कन्ट्रयाक टे«सिङ गर्ने तयारी गरिएको बागलुङ नगरपालिका नगरस्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले संक्रमित सुरक्षाकर्मीसँग भेट भएकाहरुको कन्ट्रयाक टे«सिङ सुरु गरिएको र उहाँहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताउनुभयो । प्रमुख खनालले संक्रमितहरुसँग सम्पर्कमा आएकाहरु त्रसित नभइ सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्न र पिसिआर परीक्षणको लागि नगर स्वास्थ्य शाखाको टोलीको सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ।