अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

दिच्यामबाट एक यूवा दुई दिनदेखि बेपत्ता

By -
On: August 23, 2020 6:38 PM
Follow Us:

मालिका गाउँपालिका-६, दिच्यामबाट एक यूवा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । बेनी नगरपालिका-७, मंगलाघाट स्थायी घरभई हाल दरबाङको गोगनपानी दिदीको घरमा बस्दै आएका ४० बर्षिय भुवन थापा शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान घरभन्दा केही माथि देखिएको र खेतबारीमा आउने जाने गरेको देखेपनि त्यसपछि सम्पर्कविहिन भएको पारिवारिक स्रोतलाई उद्धित गदैं दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बेनीअनलाइनलाई जानकारी दिए ।

साँझ घर नफर्किएपछि खोजीकार्य गरिएपनि फेला नपरेपछि खोजीमा सहयोग गरिदिन इलाका प्रहरी कार्यालय दरबाङमा निवेदक दिइएको छ । निवेदनका आधारमा बेपत्ता थाापको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

-