जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत एक प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा भएको पिसिआर परीक्षणमा कोरोना देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई बताए ।

‘उहाँलाई खुल्लामञ्चको आइसोलेसन कक्षमा सारिसकिएको छ,‘संक्रमतिको अवस्था समान्य छ’ लम्सालले भने। म्याग्दीमा पहिलोपटक विदेशबाट आएका बाहेकमा कोरोना देखिएको छ । उनी भदौ १ गते कास्कीदेखि सुरुवा भइ म्याग्दी आएका हुन् । उनी म्याग्दी आएपछि क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply