म्याग्दीमा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय भित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनाका कोरोना पुष्टी भएको हो ।

नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट तालिम सकेर भदौ १ गते आएर प्रहरीको क्वारेन्टाइनमा बसेका ७ जनाको पीसीआर परीक्षण गरिएकोमा संक्रमित प्रहरीबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरुवा भएर आएकालाई प्रहरी कार्यालयभित्र छुटै रहेको भवनमा राखेर पिसिआरको रिर्पोट आएपछि मात्रै कार्यक्षेत्रमा खटाउने र कार्यालय बाहिर खटिएकालाई विभिन्न स्थानमा अस्थायी क्याम्प बनाइएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘संक्रमति प्रहरीसँगै रहेर नेगेटिभ रिर्पोट आएकालाई पनि क्वारेन्टाइनमै पठाइएको छ,‘संक्रमति प्रहरी कतै घुलमिल नभएकाले समुदायमा जोखिम छैन’ प्रनाउ कुँवरले भने । उनका अनुसार गस्ती र बजारभित्र खटिएका प्रहरीलाई बजारभित्रका विभिन्न स्थानमा अस्थायी क्याम्प बनाएर राखिएको छ ।

संक्रमति प्रहरीसँगै बसेका अन्य ६ जनालाई म्याग्दी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पठाइएको छ । बाहिरी जिल्लाबाट आएका प्रहरीलाई रिर्पोट नआएसम्म अन्य प्रहरीसँग घुलमिल नहुने, खाना सहित अन्य स्वास्थ्य सुरक्षा मापदण्ड समेत कडाईका साथ पालना गरिएको छ ।

यता समुदायमा खटिएका प्रहरीको पिसिआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए। ‘संक्रमति प्रहरीको कन्ट्रयाक्ट ट्रेसिङको काम भइरहेको छ,‘समुदायमा पिसिआर परीक्षणको दायरा थप फराकिलो बनाइरहेका छौ’ लम्सालले भने।

संक्रमित प्रहरीको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । जिल्लाभित्रका विभिन्न स्थानमा भिडभाड हुने क्षेत्रमा कार्यरत करिब ४ सय जनाको समुदायस्तरमै गरिएको स्बाब परीक्षण रिर्पोट समेत नेगेटिभ आएकाले समुदाय अझैसम्म कोरोना नदेखिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

Leave a Reply