जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १५ गतेसम्मका लागि बागलुङ नगरक्षेत्रमा निशेधाज्ञा बढाएको छ । सोमबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।
बागलुङ नगरपालिकाको अनुरोध र सरोकारवालाको बैठकको निर्णयपछि जिल्ला सुरक्षा समितिले निशेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । यो साताको निशेधाज्ञामा बैंक, सहकारी संस्था, बित्तिय संस्था पनि पूर्ण रुपमा बन्द हुने बताइएको छ । अत्यावस्यक खाद्य तरकारी लगायतका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुलाउने उल्लेख छ ।
कोरोना संक्रमितमा लक्षण देखिएकालाई धौलागिरी अस्पताल तथा धौलागिरी बहुमुखी क्याम्पस र नदेखिएकालाई धौलागिरी बहिरा विद्यालयमा राखिने पनि जनाइएको छ ।
एक साता लामो निशेधाज्ञा पूर्ण रुपमा पालना नभएको भन्दै बैठकमा आलोचना पनि भएको थियो । तर त्यतिबेला धेरै कार्यालय, बैंकजस्ता कार्यालय खुलाउने भनिएकोले धेरै मानिस बाहिर निस्कने गरेका थिए । अत्यावस्यक सेवाबाहेक अरु बन्द भएकोले आगामी साता कडाई हुने विश्वास लिइएको छ ।
यस्तै, सातादेखि सिल गरिएको बडिगाड गाउँपालिका भने खुला भएको छ । सामाजिक दुरी कायम गरेर अत्यावस्यक काम गर्ने तथा स्वाब संकलनका काम पनि निरन्तरता दिने गरी खुला गरिएको हो । source:Dhorpatannews.com

Leave a Reply