---Advertisement---

कर्तव्य ज्यान मुद्दाका फरार घर्ती २० वर्षपछि पक्राउ

On: August 24, 2020 5:56 PM
Follow Us:

म्याग्दी प्रहरीले २० वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाको दर गाउँमा बस्ने २२ बर्षिय गर्वे पाईजाको हत्यामा संलग्न ४४ बर्षिय चन्द्रवल घर्तीलाई प्रहरीको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।[pdf-embedder url=”https://myagdikali.com/wp-content/uploads/2020/08/प्रेस-बिज्ञप्ति-२०-बर्ष-पुरानो-कर्तव्य-ज्यान-मुद्दाका-फरार-पक्राउ.pdf” title=”प्रेस बिज्ञप्ति- २० बर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ”]

बि.स २०५७ साल कात्तिक २१ गते राती प्रतिवादी घर्ती सहितको टोलीले मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गदैं २० बर्ष सजाय तोकेको थियो ।

प्रतिवादीलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागारमा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, म्याग्दीको फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागुऔषध लगायतका मुद्दाका १३ फरार कसुरदार व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।