आयुर्वेद स्वास्थ्य संस्था सञ्चालन तथा ब्यबस्थापन समिति म्याग्दीको अध्यक्षमा जिवनकुमार विश्वकर्मा चयन भएका छन् । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।

निजी उद्योग तथा ब्यापारीको साझा संस्था उवासंघ सहित विभिन्न संघसंस्थामा आवद्ध रहेका विश्वकर्माले प्रदेश सरकारको मनोनयनलाई धन्यवाद दिदैं जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार चिकित्सक र वैद्यको पदपूर्ति, हरेक स्थानीय तहमा पुरानो आयुर्वेद चिकित्सा पद्धतिद्वारा रोगको उपचारप्रति आर्कषण बढाउन प्रयास गर्ने बताए । उनले आफ्नो कार्यकालयमा केही नयाँ र आयुर्वेद स्वास्थ्य संस्थाको गरिमा बढाउने गरी काम गर्ने बताए ।

‘नियुक्ती पत्रमात्रै आएको छ,‘कार्यसम्पादको जिम्मेबारी, आवश्यकताका बारेमा अव सक्रिय हुन्छु’ अध्यक्ष विश्वकर्माले भने । उनले आयुर्वेद उपचार खोज्नेको संख्या पछिल्लो समयमा बढेको अवस्थामा थप विस्तार गरी नसर्ने रोगका लागि यो पद्धति प्रभावकारी भएको सन्देश समेत प्रवाह गर्ने बताए ।

बाथ, अमलपित्त, दम, खोकी, पिनास, ग्यास्ट्राइट्रिक, पाइल्स, छाला रोग, स्त्री रोग, उच्चरक्तचाप लगायत रोगका बिरामी आयुर्वेद औषधीको सेवन गर्ने गरेका छन् । म्याग्दीमा रहेको जिल्ला आयुर्वेद कार्यालयका साथै ग्रामिण क्षेत्रमा रहेको शाखामार्फत विरामीको आवश्यकता अनुसार प्रभावकारी सेवा प्रदान गर्न नसकेको सेवाग्राहीको गुनासो छ ।

Leave a Reply