अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बेनी नगरपालिकाद्वारा कोरोना रोकथामको खर्च सार्वजनिक

On: August 24, 2020 9:13 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिकाले विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको छ । सोमबार खर्च सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०७६÷७७ मा भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । नगरपालिकाले कुल एक करोड ३७ लाख ३० हजार तीनसय ७३ रुपैयाँ आम्दानी गरेकोमा ८१ लाख ३३ हजार एकसय १२ रुपैयाँ विभिन्न शीर्षकमा खर्च गरेको छ भने ५५ लाख ९७ हजार दुईसय ६१ रुपैयाँ बचत गरेको बेनपाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए । बेनीमा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन, आईसोलेसन कक्ष स्थापना, राहत वितरण र स्वास्थ्य सामग्री खरिदमा खर्च भएको नगरपालिकाले जनाएको छ ।

यसैगरी लकडाउनको कारण समस्यामा परेका गरिब, विपन्न र मजदुरलाई २९ लाख ४४ हजार छ सय १७ रुपैयाँ राहत वितरण गरिएको प्रवक्ता बराईलीले जानकारी दिए । कोरोना संक्रमितको उपचारका लागि १० शैया क्षमताको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार, औषधी उपकरण खरिदमा १५ लाख ६५ हजार नौसय ६३, क्वारेन्टाइनमा खाना खर्च १३ लाख ५८ हजार सातसय ९८, उद्दारको लागि यातायात खर्चमा तीनलाख पाँचहजार तीनसय ४९ रुपैयाँ र स्वयंसेवक परिचालनमा दुईलाख ७१ हजार छ सय रुपैयाँ खर्च भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले एक करोड तथा जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट गरी ३७ लाख ३० हजार तीनसय ७३ रुपैयाँ कोषमा जम्मा गरिएको थियो ।

प्रताप बानियां

प्रताप बानियां बेनीअनलाइनका संवाददाता हुनुहुन्छ।