आजकलको व्यस्त जिन्दगीमा काम गर्नका लागि अत्यधिक ऊर्जा चाहिन्छ । तर केही मानिस अलिकति काम गर्नेबित्तिकै थाक्छन् । अनि दिनभरि काम गरेपछि व्यक्तिको स्टामिना एकदमै कमजोर हुँदै जान्छ । यहाँ हामी केही खानेकुराका बारेमा कुरा गर्दैछौं जसको सहायताले तपाईंको शरीरमा आवश्यक तत्त्वको कमी पूरा गरेर स्टामिना बूस्ट गर्न सक्नुहुन्छ ।

बदाम
क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।

मुँगको दाल
मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।

चुकन्दर रस
दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ ।

अंकुरित चना
बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ ।

केरा
बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।

पालुंगो
स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।

दाल
दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ । एजेन्सीको सहयोगमा

Leave a Reply