अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

एकैदिन चार जना डेंगु र स्क्रब टाइफसका बिरामी भेटिए

On: August 25, 2020 10:59 AM
Follow Us:
---Advertisement---

बेनी अस्पतालमा उपचारका लागि आएका ३ महिला र एक पुरुषमा डेंगु र स्क्रब टाइफस पोजेटिभ देखिएको छ। एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएका अन्नपूर्ण गाउँपालिका–४ का ३३ वर्षिय पुरुष, बेनपा–४ की ३२ वर्षिया महिला, बेनपा–५ की २२ वर्षिया महिलामा स्क्रब टाइफस र अन्नपूर्ण–६ की ३३ बर्षिय महिलामा डेंगु संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताए।

‘संक्रमित मध्ये एक जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ,‘उत्तरी क्षेत्रमा पनि धमाधम बिरामी भेटिन थालेका छन्’ सवेदीले भने।

संक्रमति चारजनाको ट्राभल हिष्ट्रीमा जिल्ला बाहिर नगएको देखिएकाले म्याग्दी डेंगु र स्क्रब टाइफसको उच्च जोखिममा रहेको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. अमृत अधिकारीले बताए। ‘एकैदिन चारजना बिरामी भेटिनुले पनि पुष्टि गरेको छ,‘डेंगुका बिरामी गण्डकी प्रदेशमै म्याग्दीमा धेरै छन्’ डा. अधिकारीले भने। साउन महिनाको अन्तिम साता ३ डेंगु संक्रमति भेटिएका थिए।

नयाँ विरामीसँगै म्याग्दीमा गएको बैशाख महिना यता डेंगुको ३७  जना र क्रब टाइफसका १२ जना संक्रमति भेटिएको बेनी अस्पतालले जनाएको छ। म्याग्दी गण्डकी प्रदेशमै सबैभन्दा धेरै डेंगु संक्रमति छन् भने देशभर धेरै संक्रमति भेटिने जिल्लामा पर्छ।

मुसामा हुने किर्नाबाट सर्ने स्क्रब टाइफस परजीवीको सङ्क्रमणबाट क्रब टाइफस र एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुने गरेको छ। मुसामा हुने परजीवीलाई एक प्रकारको माइट जातिको सूक्ष्म किराको माध्यामले स्क्रब टाइफस मानिसमा सर्ने भएकाले म्याग्दी क्रब टाइफसको उच्च जोखिममा समेत रहेको छ।

रोग समयमा पत्ता नलागेमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ। म्याग्दीबाट केही बिरामीलाई उपचारका लागि पोखरा समेत रिफर गरिएकाले सबै स्थानीय तहमा जनचेतनामुलक अभियान सहित डेंगुको संक्रमित भेटिएकाले खोज र नष्टको अभियानलाई तिब्रता दिनुपर्ने चिकित्सकको भनाइ छ।