बागलुङमा कन्ट्रयाक टेसिङमा परेकी एक महिलालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा संक्रमितको कन्ट्रयाक टे«सिङमा परेकी बागलुङ नगरपालिका–१२ अमलाचौर घर भई बानपा–३ गुठीमा भाडामा बस्दै आएकी ५४ बर्षिय महिलालाई कोराना पुष्टि भएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिनुभयो । उनी भदौ ६ गते संक्रमण पुष्टि भएका २६ बर्षिय सैनिककी आमा हुन् ।

छोरालाई कोरोना पुष्टि भएपछि उनलाई पनि लक्षण देखिएको थियो । कन्ट्याक टे«सिङमा परेको र लक्षण पनि देखिएपछि भदौ ७ गते धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा भर्ना गराई स्वाब संकलन गरि परीक्षणको लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।

‘दिर्घरोगी रहेकी महिलालाई खोकी लाग्ने र बान्ता भएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो’ सूचना अधिकारी गौतमले भन्नुभयो–‘आइसोलेसनमा भर्ना गरि पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको छ ।’ अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको गौतमले बताउनुभयो ।

संक्रमित महिलाका छोरालाई भदौ ६ गते कोरोना पुष्टि भएको थियो । नेपाली सेनामा कार्यरत उनी लम्जुङबाट साउन ३० गते छुट्टी लिइ घर (बागलुङ) आएको केहि दिनमा लक्षण देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई अहिले खोकी केहि कमि भइरहेकोले सुधारोन्मुख रहेको धौलागिरी अस्पताल बागलुङमा निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।

संक्रमित युवाको सम्पर्कमा आएका अन्यको स्वाब संकलन भइरहेको र सवैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बागलुङ नगरपालिकाका नगरस्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँले सैनिकको आमालाई पनि आज कोरोना पुष्टि भएकोले आमाको सम्पर्कमा आएकाहरुको खोजी गरि होम क्वारेन्टाइनमा राखिने र केहि दिनमा परीक्षणको लागि स्वाब संकलन गरिने जानकारी दिनुभयो । Source: khabarway.com

Leave a Reply