विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणका कारण चिन्तित भएका मानिसहरुका लागि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा स्थित पानी उड्ने उडाइनो झरना मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थान बनेको छ ।म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरंजा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँटहरु कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ । यहाँ दुईवटा झरना रहेका छन् । एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवक युवतीहरुका लागि खुसीका अनमोल खजाना बनेका छन् ।

कोरोनाको त्रासबाट आजित भएका युवा युवतीहरु आए आएर रमाइलो गर्दै दिन विताउने गरेका बेनी नगरपालिका ३ का वडासदस्य गेमबहादुर घर्ती मगरले बताउनुभयो ।बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् ।

बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछन् । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको लभहिल,टोड्के,भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।

Leave a Reply