अघोषित लोडसेडिङले म्याग्दीबासीको दैनिक गतिविधि प्रभावित भएको भन्दै नेकपाको भात्रृ संगठनले विद्युत प्राधिकरण म्याग्दी केन्द्रमा ज्ञापनपत्र बुझाएको छ ।

देश लोडसेडिङ मुक्त भएको अवस्थामा म्याग्दीमा वर्षौदेखिको अघोषित लोडसेडिङ र अनियमित पावर सप्लाईको गडबढीको समस्या पहिचान तथा समाधान गरी १० दिन भित्र नियमित विद्युत आपूर्ती गर्न माग गरेको राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीका सहसंयोजक सन्दिप खत्रीले बताए ।

विद्युत समस्याका कारण म्याग्दी जिल्लाका उद्योगी, व्यापारी, आम जनताहरु, विद्यार्थीहरु प्रत्यक्ष मारमा परेको बताउँदै तोकिएको समय अवधिभर समाधानको उपाय खोज्नेतर्फ चासो नदेखाइए थप आन्दोलनका कार्यक्रमहरु ल्याउने बताए । कोभिड–१९ को प्रभावका कारण अनलाईन कक्षाहरु समेत सञ्चालन भईरहेको तर विद्युत आपूर्ति निरन्तर नहुँदा शैक्षिक क्षेत्रमा त्यसको प्रत्यक्ष असर गरेको भन्दै आन्दोलनका थप कार्यक्रम ल्याउनु अगाडी नै समस्या समाधान गर्न टोलीले माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै बेनी वितरण केन्द्रमा प्रमुख माधब महतले समस्या समाधानका लागि दैनिक प्रयासरत रहेको बताए । ज्ञापन पत्र बुझाउने क्रममा अनेरास्ववियूका सहसंयोजक रेशम कटुवाल, यूवा संघका नेता लक्ष्मण कटुवाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply