आफ्नो जन्मदिनमा महंगो खर्च एक किसिमको फेसन जस्तै छ । धर्तीमा पाइला टेकेको दिनलाई आफन्त, साथीभाईलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउने संस्कार नै बसिसकेको अवस्थामा म्याग्दीका एक यूवाले जन्मदिनमा अभिभावकविहिन बालबालिकालाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाएका छन्।

बेनी नगरपालिका-५, डडुवा घर भई हाल पुन नान हाउसका सञ्चालक नविन भण्डारीले जन्मदिनमा फजुल खर्चलाई निरुत्साहित गदैं नेपाल बाल संगठन अन्तरगत सञ्चालित बालगृहका बालबालिकालाई करिब १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

जन्मदिनको अवसरमा भविस्यमा समेत बालगृहका बालबालिकालाई सहयोग गर्ने भण्डारीले प्रतिबद्धता जनाए। कार्यक्रममा बालगृहका उपसभापति विजय श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । बालगृहमा १३ जना बालबालिका आश्रीत छन् ।

Leave a Reply