बागलुङमा बिहिबार एक जना प्रहरी सहित थप ८ जनालाई कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका २ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपसर्न याम बरालले जानकारी दिनुभयो ।

बानपाका संक्रमितहरु मध्य एक जना विपद व्यवस्थापनका प्रहरी हुनभने, एक जना नेपाली सेनाका सिपाइ, एक जना भारतदेखि आइ होटल क्वारेन्टाइनमा बसेका पुरुष, एक जना बालिका र दुई जना महिला हुन् । यस्तै काठेखोला संक्रमितहरुमा एक जना कर्मचारी र एक जना भारतदेखि आइ क्वारेन्टाइनमा बसेका रहेको पुष्टि भएको छ ।

बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले संक्रमण पुष्टि हुनेहरुमा बानपा–३ की एक जना एक बर्षिय बालिका, बुटबलमा तालिम सम्पन्न गरि विपद व्यवस्थापनमा आएका २१ बर्षिय नेपाल प्रहरी, नेपाल आर्मीमा लम्जुङमा कार्यरत रहि छुट्टीमा घर (बागलुङ) आएका बागलुङ नगरपालिका–१० का २८ बर्षिय सैनिक, भारतदेखि आएर होटल क्वारेन्टाइनमा बसेका बानपा–८ का २४ बर्षिय एक जना पुरुष र संक्रमितको सम्पर्कमा आएका बानपा–३ का दुई जना महिलालाई कोरोना पुष्टि भएको बताउनुभयो ।

यस्तै काठेखोला गाउँपालिकाका ३१ बर्षिय कर्मचारी र ३४ बर्षिय भारतदेखि आएर क्वारेन्टाइनमा बसेका पुरुष हुन्। काठेखोला गाउँपालिकाका सिअहेब अधिकृत सोमराज पाण्डेयका अनुसार संक्रमित कर्मचारी गाउँपालिकाका ईन्जिनियर रहेको बताउनुभयो । उहाँले ईन्जिनियर भदौ २ गते काठमाडौंबाट आएर क्वारेन्टाइनमा बसेको बताउनुभयो ।

संक्रमित १ बर्षिय बालिका भदौ ३ गते कोरोना पुष्टि भएकी ३५ बर्षिय महिलाको छोरी हुनभने बानपा–३ कै १९ र २७ बर्षिय दुई जना महिला भदौ ५ गते कोरोना पुष्टि भएको नेपाल आर्मीका परिवार रहेको बागलुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।संक्रमितहरुलाई बागलुङको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रमुख खनालले जानकारी दिनुभयो।

Leave a Reply