सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लवले कोभिड–१९ को सङ्क्रमणबाट जोगिन चिकित्सक,स्वास्थ्यकर्मीले प्रयोग गर्ने ३ सय थान ‘फेस शिल्ड’ सहयोग गरेको छ । लायन्स क्लव अफ बेनी म्याग्दी र लायन्स क्लव अफ बेनी महारानीले बेनी अस्पताललाई २ सय थान र बेनी नगरपालिकालाई १ सय थान फेस शिल्ड हस्तान्तरण गरेको हो ।

जिल्लाका कोरोना भाइरस बिरुद्धको अभियानमा विभिन्न सहयोग गदैं आइरहेको लायन्सले उपचार तथा फ्रन्टलाइनमा खटिएर सेवा दिने क्रममा प्रयोग गर्ने गरी फेस शिल्ड वितरढा गरेको लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ बि १ नेपालका लायन्स को चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, लायन्स क्बले बेनी महारानीकी अध्यक्ष संगिता श्रेष्ठले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल, अस्पताल प्रमुख डा. अमृत अधिकारी, बेनी नगरपालिकाकी स्वास्थ्य संयोजक लिला गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।

लायन्स क्लवले लकडाउन यता एन–९५ मास्क, ग्लोब, सेनिटाईजर बुथ, खाद्यान्न, लत्ताकपडा, बाढीपहिरोबाट विस्थापितलाई त्रिपाल सहित विभिन्न सहयोग समेत गरेको छ । म्याग्दीको लायन्स क्लव ३२५ बि १ नेपाल अन्तरगत अन्य जिल्लाको तुलनामा सक्रिय र नमुना काम गरेको भन्दै पटकपटक सम्मानित समेत भएको छ ।

Leave a Reply