विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिसो याममा कोरोना भाइरसको जोखिम बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले चिसोयाममा युरोपमा कोरोना संक्रमणको खतरा अझ तीव्र हुने चेतावनी दिएको हो।

चिसोयाममा भाइरसका कारण अस्पतालमा भर्ना हुनेको संख्या बढ्ने र मृत्यु दरमा अझ वृद्धि हुने डब्लुएचओको भनाइ छ। ‘हामी अनावश्यक भविष्यवाणी गर्न चाहँदैनौं, तर चिसो मौसममा बढी मानिसहरु अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने आशंका छ,’डब्लुएचओका क्षेत्रीय निर्देशक हेनरी क्लगले भने । (एजेन्सीको सहयोगमा)

Leave a Reply