विषालु साग खाँदा बागलुङ  काठेखोला गाउँपालिका– ५  रिजालचोकस्थित एकै परिवारका ४ जना बिरामी परेका छन्। जंगलबाट ल्याएको जरिम्लो नामक साग खाँदा उनीहरु गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले जानकारी दिनुभयो ।

उक्त साग खाँदा रिजालचोकका देउरुपा कँडेल, चुडामणि कँडेल, चिज कँडेल र सन्तोष कँडेल बिरामी परेका हुन् । बिरामी चारैजनालाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीको भनाइ छ ।

Leave a Reply