बागलुङका एक कोरोना संक्रमतिसँग सम्पर्कमा आएका बेनी नगरपालिकाको एक दम्पत्तीको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

कुसे औंसी एवम् बुबाको मुख हेर्ने दिन बेनी नगरपालिकाबाट बागलुङमा गएका एक दम्पत्तीको स्बाब संकलन गरी गण्डकी प्रदेश प्रयोगशालामा पिसिआर परिक्षणका लागि पठाइएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘संक्रमतिको सम्पर्कमा रहेका दुवै जना होम क्वारेन्टिनमा हुनुहुन्छ,‘उहाँहरुलाई सुरक्षित राखिएको छ’ कटुवालले भन्नुभयो । उहाँका अनुसार कुसे औंसीमा छोरीज्वाई बागलुङ गएका थिए ।

संक्रमतिलाई सम्पर्कमा रहेकाको खोजी गर्ने क्रममा म्याग्दीबाट समेत बागलुङ पुगेको पाइएपछि सम्पर्कमा ल्याइएको स्रोतले जनाएको छ । शंकास्पदको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएपनि अहिलेसम्म म्याग्दीका समुदायमा कोरोना देखिएको छैन् । सरुवा भएर आएका एक प्रहरीमा कोरोना देखिएपछि सम्पर्कमा रहेका सबैको स्बाब लिइएको छ ।

Leave a Reply