म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनको खोलाखर्कमा छिमेकी जिल्ला बागलुङको ताराखोला गाउँपालिका सहित २५ सय घरधुरी लाभान्वित हुने गरी झोलङ्गे पुल निर्माण भइरहेको छ।

पूर्वाधार कार्यालय म्याग्दीमार्फत ७५ लाखको लागत र टिबीएसयुको प्राविधिक सहयोग तथा समुदायका श्रमदानमा गएको पुस महिनादेखि निर्माणकार्य सुरु भएको झोलङ्गे पुल कोरोना भाइरसको त्राससँगै निर्माणकार्य रोकिएपनि केही दिनमा पुनःनिमार्णकार्य सुरु हुने खोलाखर्कका स्थानीय रतनबहादुर विकले बताए ।

उनका झोलङ्गे पुल नहुदाँ पदैल र सवारीसाधनबाट वारपार गर्नुपर्ने अवस्था रहेको थियो ।करिब १७८ मिटर लामो र ५७ मिटर उचाईमा रहेको झोलङ्गे पुल सम्पन्न भएपछि अर्मन, सिर्कुम,धारा, किमचौरका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाका बासिन्दालाई गाउँपालिकाको केन्द्र बावियाचौर आवतजावतमा सहज हुने छ।

खानी हिमशिखर रामकृष्ण जेभीले ठेक्का लिएको झोलङ्गे पुलमा लठ्ठा हालिएकाले थप काम निर्धारित समयमै सम्पन्न गर्ने ठेकेदार प्रदिप सापकोटाले बताए ।

उनका अनुसार सम्पन्न गर्ने मितिभित्र नै पुल हस्तान्तरण गरिने बताए। यता मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले भौगोलिक रुपमा विकटमा रहेका बस्तीहरुलाई आवतजावतमा सहज हुने गरी झोलङ्गे पुल सहितका पूर्वाधार निर्माणलाई गाउँपालिकाले समेत प्राथमिकता दिएको बताए ।

Leave a Reply