उत्तरी अन्नपूर्ण गाउँपालिका-३,दानाको बादरजुङ्ग भीरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी रघुगंगा गाउँपालिका–१ बेगखोलाकी ओममायाँ गर्बुजाको उपचारमा १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ।

मुस्ताङबाट म्याग्दी फर्किने गएको साउन ३२ गते बेलामा भिरबाट खसेको ढुंगाले लागेर सिकिस्त भएकी गर्बुजालाई माईती दग्नामबासीले १ लाख ४ हजार ९ सय हस्तान्तरण गरेका हुन् ।

दग्नाम–दर्मिजा समाज पोखराले ६१ हजार ४ सय रुपैयाँ र दग्नामदर्मिजा बेनी–गलेश्वर समाजले ४२ हजार ५ सय रुपैयाँ पीडित गर्बुजाकी दाजु विनोद पुनलाई हस्तान्तरण गरेको दग्नाम दर्मिजा बेनी–गलेश्वर समाजका सचिव धनिलाल गर्बुजाले जानकारी दिनुभयो।

‘उपचारमा आवश्यक पर्ने खर्च अभाव भएकाले सहयोग जुटाइरहेका छौ,‘मजदुरीबाट जिवन निर्वाह गर्ने गर्नुभएको थियो’ गर्बुजाले भन्नुभयो । घाईते महिलाको एक छोरा, एक छोरी छन् । बैदेशिक रोजगारको सिलसिलामा विदेशमा गएका श्रीमान समेत सम्पर्कविहिन भएको अवस्थामा सहयोग जुटाएर उपचार गर्नुपर्ने बाध्यता रहेको समाजले जनाएको छ ।

पोखराको मेट्रो सिटी हस्पिटलमा उपचारर्थ घाईते गर्बुजाको खुट्टा लगायत शरीरभरी चोट रहेकाले उपचारका लागि करिब ५ लाखभन्दा बढी खर्च हुने चिकित्सकको भनाई उद्धित गदैं दग्जान–दर्मिजा समाजले जनाएको छ । आर्थिक अभावकै कारण उपचार रोकिने सम्भावना रहेकाले समाजले सहयोगको याचना समेत गरेको छ।

Leave a Reply