म्याग्दीका एक व्यक्तिले बाटो,मठ मन्दिर लगाएत सार्वजनिक स्थलहरुमा शुरु गरेको वर पिपल र तुलसी रोपण अभियान अन्र्तगत शुक्रवार म्याग्दीको ऐतिहाँसिक ज्यामरुककोटको खड्गभवानी कोत परिसरमा वृक्ष रोपण गरेका छन् ।

तीन वर्ष अघिदेखि सार्वजनिक स्थलमा वृक्षरोपण अभियान शुरु गरेका म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबराका ६३ वर्षिय चन्द्रबहादुर कार्कीले अहिलेसम्म पाँच हजार भन्दा वढी विरुवा रोपण गरेका छन् ।

अभियान अन्र्तगत शुक्रवार कार्कीले खड्गभवानी कोत परिसरमा वर पिपल,तुलसी,पारिजात,स्वामी,काइयो फूल,धुपी लगाएतका विभिन्न प्रजातिका एक सय भन्दा बढी विरुवा रोपण गरेका हुन् ।

वृक्षरोपण कार्यक्रममा बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापा,समाजसेवी यामबहादुर कार्की,भीमबहादुर पौडेल,दलबहादुर घिमिरे,यामबहादुर घिमिरे,स्थानीय बाबुराम नेपाली,खिमबहादुर बोहोरा लगाएतको सहभागिता रहेको थियो ।

कार्कीले यस अघि विभिन्न स्थानहरुमा ४ सय भन्दा बढी बरपिपल र ५ सय भन्दा बढी तुलसीका विरुवा रोपेर कतिपय स्थानमा चौतारी र तुलसीका मठ समेत निर्माण गरेको उनले जानकारी दिए ।

कार्कीले म्याग्दीको पर्यटकीय स्थल वेनी नगरपालिका २ खवराको लभ्लीहिल (मायालु डाँडा) परिसरमा पनि बृक्षरोपण गर्नुका साथै बेनीदेखि लभ्लीहिल जाने पदमार्गमा पनि विभिन्न प्रजातिका ३ सय भन्दा बढी विरुवा रोपण गरेका खवराका समाजसेवी यामवहादुर घिमिरेले जानकारी दिए । उनले आफ्नो निजि खर्चमा नै सार्वजनिक स्थलहरुमा वृक्षरोपण गर्नुहुन्छ ।

Leave a Reply