म्याग्दीमा समुदायमा कोरोना संक्रमणको अवस्था परीक्षणका लागि धवलागिरी गाउँपालिकामा संकलन गरिएको स्बाब रिर्पोट नेगेटि आएको छ । सर्वसाधारणसँग घुलमिल विभिन्न क्षेत्रको फ्रन्टलाइनमा रहेर सेवा प्रवाह गरिरहेका २० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए।

‘पिसिआर रिर्पोटले गाउँपालिका कोरोनाबाट अहिलेसम्म सुरक्षित छ,‘छिमेकी जिल्लाबाट प्रवेश गर्ने नाका सहित आवतजावतमा कडाई गरिएको छ’उपाध्यक्ष छन्त्यालले भने ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीको निर्णय अनुसार गाउँपालिकामा फ्रन्टलाइनमा बसेर सर्वसाधारणलाई सेवा दिने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा, जिल्ला बाहिरबाट आएका स्थानीय, वित्तिय संस्थाका प्रतिनिधि, होटल ब्यवसायी, चालकको स्बाब संकलन गरेको थियो ।

छिमेकी जिल्ला बागलुङमा समुदायमै कोरोना देखिएको र देशमा विभिन्न जिल्लाबाट रोजगार लगायत विभिन्न कामले धवलागिरी गापामा आवतजावत गर्ने गरेकाको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गरी स्बाब संकलन गरिएकोमा सबैको नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

उनका अनुसार बेनीबजारमा बागलुङ, पोखरा, काठमाण्डौका साथे भिडभाड हुने क्षेत्रमा खटिएका र कन्ट्याक्ट ट्रेसिङमा परेका थप २० जनाको पिसिआर नेगेटिभ आएको छ । कोरोनाको जोखिम बढ्दै जान थालेपछि घरबाट निस्कदाँ मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेनिटाइजरको प्रयोगमा समेत कडाई गरिएको छ ।

 

Leave a Reply