म्याग्दीमा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमणसँगै समुदायमा कोरोनाको जोखिमलाई मध्यनजर सदरमुकाम बेनीबजार जोड्ने झोलुङे पुलमा तार जाली सहित ताल्चा लगाएर आवतजावतमा बन्द गरिएको छ।

छिमेकी जिल्ला बागलुङमा समुदायमै कोरोना फैलिएको र अन्य जिल्लाबाट समेत आवतजावतलाई कडाई गर्ने निर्णय अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीले झोलुङ्गे पुलमा ताल्चा सहित कालिपुल बसपार्क बाहेक सबै नाकाहरु बन्द गरेपछि बेनीबजार प्रवेशमा थप कडाई गरिएको हो ।

सर्वसाधारणको ओहोरोहर बढ्न गई कोरोनाको संक्रमण बढ्न जाने खतरा भएको भन्दै पूर्ण रुपले बन्द गरिएको जनाइएको छ । यता आसपासका क्षेत्रका बासिन्दाले परिचयपत्र र पहिचान खुल्ने अन्य कागजातको आधारमा आवतजावत गर्न दिनुपर्ने माग गरेका छन् ।

‘अन्य जिल्लाबाट नआएका वारीपारीबाट आवतजावत गर्न समस्या भयो,‘निश्चित समयका लागि खोल्नुपर्छ’ पर्वतबेनीमा नविन जिसीले भने । जिल्ला बाहिरबाट आएकालाई कडाई गरेपनि आर्थिक तथा ब्यापारिक कामको सिलसिलामा आवतजावत गर्ने छोटो दुरीकालाई सहज बनाउनुपर्ने बताए ।

पुलमा दुवैतर्फ नेपाल प्रहरीले दैनिक रुपमा डियूटीमा स्थानीयले समेत सघाउने बताउँदै लकडाउन खुकुलो भएको अवस्थामा मापदण्ड बनाएर पुल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

सदरमुकाम बेनी प्रवेश गर्ने नाकामा कडाई गरिएपनि छिमेकी जिल्ला बागलुङ हुदै म्याग्दीमा प्रवेश गर्ने ग्रामिण क्षेत्रका नाकामा स्थानीय तहले माग गरे अनुसारको सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ।

यता बेनीबजारमा बागलुङ, पोखरा, काठमाण्डौका साथे भिडभाड हुने क्षेत्रमा खटिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाको पिसिआरको काम भइरहेकाले अनुकुल समयमा सहज बनाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म म्याग्दीमा समुदायस्तरमा कोरोना संक्रमण नफैलिएको कारण आवतजावतमा सहज हुने वातावरणभन्दा सिसीएमसीको निर्णय अनुसार अगाडी अपिल गरिएको छ ।

कोरोनाको जोखिम बढ्दै जान थालेपछि घरबाट निस्कदाँ मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, सेनिटाइजरको प्रयोगमा समेत कडाई गरिएको छ । म्याग्दीमा हालसम्म विदेशबाट आएका ४८ जना कोरोना संक्रमति उपचारपछि घर फर्किएका छन् भने आइतबारसम्म म्याग्दी संक्रिय कोरोनामुक्त जिल्लाको रुपमा रहेको थियो ।

Leave a Reply