पोखराबाट सरुवा भई आएका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि संक्रमतिसँग घुलमिल भएका ६ जना प्रहरी सहित १६ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

संक्रमति प्रहरीसँगै जिल्ला प्रहरी कार्यालय भित्रको होल्डिङ सेन्टर हुदै म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा राखिएका ६ जना प्रहरी, कोरोनाको लक्षणको आशंका गरिएका नेपाली सेना, दुई सर्वसाधारण, कन्ट्याक्ट ट्रेसिङममा परेका ७ जना र र निको भई घर गएका संक्रमति १ जनाको स्बाब संकलन गरी पोखरा पठाइएकोमा मंगलबार रिर्पोट नेगेटिभ आएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो ।

हालसम्म समुदायस्तरमा कोरोनाको जोखिमलाई मध्यनजर गरी यसअगाडी संकलन गरिएको ४ सय ५० जना सहित कुल १३ सय २० जनाको स्बाब संकलन गरिएकोमा कोराना संक्रमित निको भएर गएका बाहेक सबैको स्बाब नेगेटिभ आएको छ ।

जिल्लाभर फ्रन्टलाइनमा बसेर सर्वसाधारणलाई सेवा दिने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा, जिल्ला बाहिरबाट आएका स्थानीय, वित्तिय संस्थाका प्रतिनिधि, होटल ब्यवसायी, चालकको स्बाब संकलनलाई तिब्रता दिइएको छ ।

देशका विभिन्न जिल्लाका साथै छिमेकी बागलुङबाट आएका, संक्रमतिको कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्बाब संकलनमा समेत पोजेटिभ नभेटिनु म्याग्दीका लागि सुखद् खबर भएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) म्याग्दीका संयोजक एवम् प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।

Leave a Reply