जिल्ला प्रहरी कार्यालय म्याग्दीले एकैदिन कर्तब्य ज्यान मुद्धामा फरार ५ प्रतिबादीलाई पक्राउ गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट (साविकको वडा नं ३ चिउरीबोट) भन्ने स्थानमा २०६६ साल फागुन ११ गतेमहाशिवरात्रीको अवसरमा दार्जिङखोला यूवा क्लव ओखरबोटले आयोजना गरेको भलिबल खेलमा हारेपछि एक यूवाको हत्या गरी फरार भएकालाई पोखराबाट एकसाथ पक्राउ गरिएको हो ।

छिमेकी जिल्ला बागलुङको तमानखोला गाउँपालिकाको साविक तमान गाविस ८ का २१ बर्षिय नारायण छन्त्यालको हत्या गरी फरार भएका ओखरबोटका बलमान घर्ती, जिवन घर्तीमगर, दुर्गाबहादुर घर्ती, दलप्रसाद पुन र छिमेक्री रुमका तिर्थेन्द्र घर्तीमगरलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

प्रेस बिज्ञप्ति- कर्तब्य ज्यान मुद्दाका ५ जना प्रतिबादी पक्राउ

हालसम्म प्रहरीले १९ जना फरार पक्राउ गरी अदालतको फैसलालाई प्रभावकारी कार्यान्वय गदैं आइरहेको छ । जन्मकैदको सजाय तोकिएका पाँचै जनालाई जिल्ला अदालतमा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि म्याग्दी कारागार कार्यालयमा पठाइएको छ ।

Leave a Reply