म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, भिरकाटे–महभीर सडकखण्डमा अवैध कानुन विपरीत बालुवा उत्खनन गरिएको छ । कालिगण्डकीको किनारमा गाउँपालिकाको अनुमति विना लामो सयमदेखि अवैध बालुवाको उत्खनन भइरहेको अवस्थामा स्थानीयले गुनासो गरेपछि स्थलगत निरीक्षण गरिएको छ ।
अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको खवरपछि अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नविन सुबेदी, इन्जिनियर इश्वर भण्डारी लगायतको टोली निरीक्षणमा गएको छ ।
त्यस्तै दिउँसो स्थानीय जनप्रतिनिधि सहित अन्नपूर्ण संरक्षण आयोजनाकारेन्जर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका सदस्य सहित स्थानीय यूवाहरुले समेत बालुवा निकालिरहेको स्थानमा पुगेर रोकेका थिए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले पालिकाबाट वातावरणीय प्रभाव मल्यांकन (इआईए) को काम भइरहेको अवस्थामा अहिले कुनैपनि टेन्डरमार्फत काम नभएको बताए ।
‘तत्काल जम्मा भएको बालुवा बाहेक थप उत्खनन् गर्न रोकिन्छ,‘अन्य ठाउँमा पनि यस्तै भएको हुनसक्छ सूचना दिनुहोला’ सुबेदीले भने ।
उनले नदीजन्य पदार्थ उत्खनन्का लागि वैधानिक रुपमा सञ्चालन गराउन पालिका तयार रहेको बताउँदै अवैध संकलन गरेको पाइएमा प्रहरीको सहयोगमा नियन्त्रणमा लिने बताए । स्थलगतरुपमै पुगेर अवस्थाका हेरेर थप निर्णय लिने सुबेदीले बताए । आयोजनाको नाममा समेत बस्ती र समुदायलाई असर गर्ने गरी उत्खनन् गर्न पाइदैन् । अन्नपूर्ण गाउँपालिका भित्र पहुँचको आधारमा जलविद्युतको नाममा केही राजनीतिक दलका नेताहरुले त्रसर उद्योग समेत सञ्चालन गरेका छन् ।
गतबर्ष बेनीअनलाइनले नारच्याङमा राजनीतिक पहुँचको आधारमा सञ्चालित क्रसर उद्योगको समाचार प्रकाशित गरेको थियो । बालुका लागि कालिगण्डकी भण्डार मानिन्छ । त्यस्तै सडक आयोजनाका ठेकेदारले समेत सडकमा आवश्यक पर्ने भन्दै अनुमतिमा सञ्चालित क्रसरबाट अन्य ठाउँमा समेत विक्री गर्ने गरेको गुनासो गरिएको छ । तस्वीर बिमल बरुवाल











