पोखराबाट सरुवा भई आएका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका ४५ जना प्रहरी र १ जना सर्बसाधारणको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।

भदौ १५ गते स्बाब संकलन गरी पोखरा पठाइएकोको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

प्रहरीमा कोरोना देखिएपछि समुदायस्तरमा देखिएको त्राससँगै समुदायमै कोरोना फैलिने सम्भावना हाललाई टरेको प्रमुख लम्सालको भनाई छ । मंगलबार संक्रमतिसँग घुलमिल भएका ६ जना प्रहरी सहित १६ जनाको स्बाब समेत नेगेटिभ आएको थियो ।

संक्रमित प्रहरीसँगै बसेको ७ जना प्रहरीलाई म्याग्दी क्याम्पसको भवनमा राखिएको थियो । हालसम्म समुदायस्तरमा कोरोनाको जोखिमलाई मध्यनजर गरी यसअगाडी संकलन गरिएको करिब ५ सयस्बाब संकलन गरिएकोमा कोराना संक्रमित निको भएर गएका बाहेक सबैको स्बाब नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभर फ्रन्टलाइनमा बसेर सर्वसाधारणलाई सेवा दिने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा, जिल्ला बाहिरबाट आएका स्थानीय, वित्तिय संस्थाका प्रतिनिधि, होटल ब्यवसायी, चालकको स्बाब संकलनलाई तिब्रता दिइएको छ । म्याग्दीमा जिल्ला बाहिरबाट आउने कालिपुल बाहेकको नाका बन्द गरिएको छ ।

Leave a Reply