बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर १४ जनाको मृत्यु भएको छभने ३८ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले भूजीखोलामा आएको बाढीले ढोरापटन नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको बताए । उनले भुजीखोला तटीय क्षेत्र गाउँमा प्रवेश गर्दा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताए ।

डिएसपि रेग्मीले मृत्तक मध्य पाँच जना पुरुष र ९ जना महिला रहेको जानकारी दिए । उनले मृत्तक मध्य एक जनाको मात्र सनाखत भएको बताए । ढोरपाटन नगरपालिका–९ की २६ बर्षिय केशमाया विक रहेको डिएसपि रेग्मीले बताए ।

मृत्तकरुको शब ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकासम्म भेटिएका छन् । शब कतै पुलको लठोमा अड्केको अवस्थामा फेला परेको छभने कतै खोला किनारको बालुवामा भेटिएका छन् ।

शव क्षतविक्षत अवस्थामा रहेकाले पहिचान गर्न कठिन भएको उद्धारको लागि घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, ३ वटा झोलुङ्गे पुल, एक जीप लगायत गाई वस्तु बगाएको छ ।

बाढी पहिरोले भुजीखोला तटीय क्षेत्रको भुसुण्डे, दुनेपोखरा, लाकुरीबोटका ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । भूजिखोलामा पहिरोले थुनिदा खोला बढेर आउँदा तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए ।

प्रमुख जिल्ला अधिकारी न्यौपानेले बेपत्ताहरुको खोजी जारि रहेको बताए ।बुधबार बेलुका घटना घटेपनि विहिबार विहान मात्र इलाका प्रहरी चौकी बुर्तिबाङको टोली र प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेको थियो ।

यस्तै विहिबार दिउँसो राहत र उद्धार टोली सहित काठमाडौंबाट आएका गृहमन्त्री रामबहादुर थापा मौषम खराबीको कारण घटनास्थल नपुगि फर्किएका थिए । नेपाली सेनाको उद्धार टोली, संघिय सांसद देवेन्द्र पौडेल र राहत सामाग्री सहित नेपाली सेनाको हेलिकोप्टरमा आएका गृहमन्त्री थापा मौषम खराबीको कारण हेलिकोप्टर अवतरण गर्न नसकेपछि पोखरा विमानस्थलमा अवतरण गरि केहि समय बसेपनि मौषममा सुधार नभएपछि काठमाडौं फर्किएका थिए ।

Leave a Reply