विश्वभर छरिएर रहेका म्याग्देलीको साझा संस्थाको रुपमा स्थापित मोनाको राष्ट्रिय कार्यसमितिहरु विश्वका २५ देशमा मोना विस्तार भएको छ भने ५ देशमा क्षेत्रिय सम्पर्क समितिहरु बनिसकेको छ । म्याग्दी नाम जोडिएका धेरै देशमा रहेका संस्थाहरुले समेत मोनासँग सहकार्य गरी विभिन्न काम गर्ने गरेका छन् । अन्य राष्ट्रहरुमा पनि मोनाको संगठन विस्तार हुने क्रम जारी छ। मोनामार्फत जिल्लामा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएत दर्जनौ क्षेत्रमा सहयोग गरिएको छ।

घोरेपानीको पुनहिलमा सम्पन्न महाधिवेशनपछि अध्यक्षमा निर्वाचित भएका ओमनारायण जुग्जालीको कार्याकालयमा अन्य गतिविधिभन्दा संस्थागत र बाढी पहिरोबाट विस्थापितको पुर्नवास, विदेशमा ब्लडमनीको अभाबमा अलपत्र परेकालाई सहयोग जुटाउने कामलाई प्राथमिकता दिनुपरेको छ ।

मोनामार्फत गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्ला विभिन्न स्थानमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियानमा सहयोग जुटाइरहेको छ । मोनाका विविध विषयमा बेनीअनलाइनले छोटो कुराकानी गरेको छ । मोना आईसीका अध्यक्ष ओमनारायण जुग्जालीसँग बेनीअनलाईनले गरेको कुराकानी

मोना अन्तराष्ट्रियमा तपाई अध्यक्ष भएपछि के के काम गर्नुभयो त ?

मोना अन्तराष्ट्रियमा म अध्यक्ष भएपछि विभिन्न कार्यसमिति गठन पश्चात हामीले गरेको सबै भन्दा मुख्य कार्य ६ वर्ष देखि साउदीको जेलमा रहनुभएका राजकुमार निउरेको घर फिर्ती अभियान थियो । राजकुमार निउरेलाई जेल मुक्त बनाउन तथा घर फिर्ती गर्नका लागि मोनाले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

यस पश्चात हामिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९को समस्यालाई मध्यनजर गरि विश्वभर रहनुभएका म्याग्देलीहरुलाई सहयोग गर्नका लागि “मोना आपतकालीन कोष” स्थापना गरियो ।

कोभिड–१९ रोकथामका लागि म्याग्दी जिल्लामा भएका सम्पूर्ण स्वास्थ्य चौकिहरुका लागि थर्मल गन र केएन ९५ माक्स वितरणका लागि खरिद कार्य भईसकेको छ हामि छिटै नै यसलाई म्याग्दीमा पु¥याई वितरण कार्य गर्नेछौँ ।

यसै आपतकालीन कोषबाट साउदीमा रहनुभएका एक जना म्याग्देलीलाई हवाई टिकेटमा सहयोग गरेको थियौँ ।मोना आपत्कालिन कोषबाट दक्षिण कोरियामा मृत्यु भएका ३ जनाको शब ब्यवस्थापनमा ५० हजार सहयोग गरिएको छ ।

कोभिड–१९को कारणले नेदरल्याण्डमा उपचारको क्रममा ज्यान गुमाउनु भएकी लक्ष्मी भट्टचनको लागि मोना आपतकालीन कोष मार्फत रु पचास हजार रुपैयाँ र त्यसमा कार्यसमितिले थपेर दिने निर्णय गरेका छौँ ।

कोभिड–१९ ले गर्दा विभिन्न देशहरुमा रोजगार गुमाउनु भएका तथा अन्य कारणबश समस्यामा पर्नुभएका म्याग्देलीलाई राष्ट्रिय कार्यसमिति सँग सहकार्य गरि विभिन्न खालका उद्दारका कार्य गरेका थियौँ ।

हालै जिल्लामा वर्षाका कारण म्याग्दी जिल्लाले ठूलो धनजनको क्षति व्यहोर्न परेको छ त्यसमा केहि हदसम्म मलहम लगाउन जिल्लाका बाडिपहिरोले क्षति पु¥याएको स्थानमा १५०थान बलान्केट र १५० थान पाल सहित चामल वितरण गरेका थियौँ र यतिमात्र नभई हामिले बाडिपहिरो पिडितका लागि पुनःर्वासमा फर्काउन पुनःनिर्माण समिति गठन गरि स्थानिय सरकार सँग मिलि तिव्र गतिमा कार्य अघि बढेको छ ।

यीबाहेक हाम्रो अर्को मुख्य कार्य अन्र्तरगत मोना ईन्भेष्टमेन्ट कम्पनीबाट जिल्लामा लगानीको प्रोजेक्ट तयार पारेका छौँ र मोना ईन्भेष्टमेन्ट कम्पनी मार्फत रोजगार सिर्जना गर्दैँ छौँ ।

हालसम्म मोनाको विश्वका कति देशमा सञ्जाल विस्तार भएको छ ।
हाल सम्म मोनाको राष्ट्रिय कार्यसमिति हरु विश्वका २५ देशमा विस्तार भएको छ भने अन्य ४÷५ देशमा क्षेत्रिय सम्पर्क समितिहरु बनिसकेको छ जुन छिटैनै मोना एनईसीमा आधिकारीक परिणत हुने अवस्था छ । अन्य राष्ट्रहरुमा पनि मोनाको संगठन विस्तार हुने क्रम जारी छ ।

म्याग्दीमा बाढीपहिरोबाट बिस्थापित भएकाह्ररुको लागी पूर्ननिमार्ण अभियानमा के–कस्ता योजना बनाउनु भएको छ त ?
म्याग्दी जिल्लामा बाढिपहिरोका कारण ठूलो धनजनको क्षति जिल्लाबासीले व्यहोर्न परेको यो अवस्थामा मलाई तथा सिँगो मोना परिवारलाई निकै दुःख लागेको छ । यस दुःखद घडिमा जिल्लामा परेको यस विपदको सबै मिलि एक जुट भई सामना गर्नु पर्छ भन्ने हाम्रो उद्देश्य हो ।

तसर्थ बाढिपहिरोबाट विस्थापित हुनभएका म्याग्देलीहरुलाई तत्काल सहयोगको लागि हामि आवश्यक पर्ने पाल, व्लान्केट तथा चामल लगायतका समानहरु राहत स्वरुप वितरण गरिसकेका छौँ। बाढिपहिरोबाट विस्थापित हुनभएका म्याग्देलीहरुको लागि पुनःर्वासमा फर्काउनका लागि पूर्नः निर्माण अभियान चालिसकेको छौँ ।

यस अन्र्तगत पर्ने योजनाहरुमा स्थानिय सरकार सँग समन्वय सहकार्य गर्दै घरहरु निर्माण नै हाम्रो पहिलो प्रथामिकता हो । र यस योजनालाई सफल पार्न विश्वभर रहनुभएका मोना एनईसी, अन्य म्याग्देली संघ संस्थाहरु सबै एकद्वार प्रणालीबाट सहयोग गर्न तत्पर रहेका छौँ ।

विश्वभर रहेका म्याग्देलीलाई कोरोना भाइरसको जोखिम कस्तो छ, संक्रमतिको अवस्था कस्तो छ ?
हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सबैलाई परेको छ र यसबाट म्याग्देलीहरु पनि अछुतो रहेको अवस्था छैन ।

कोभिड–१९ले स्वास्थ्य, व्यपार, रोजगार सबै कामलाई निकै प्रभाव पारेको अवस्थामा विश्वभर रहनुभएका म्याग्देलीहरु पनि कोरोना भाइरसबाट संक्रमित हुनभएको छ र कति पय संक्रमित भएर पनि स्वास्थ्य लाभ गरि अस्पतालबाट र्फकिएको अवस्था छ । हाल कोरोना भाईरसबाट ज्यान गुमाउने म्याग्देलीको संख्या एक रहेको छ भने संक्रमित कोहि उपचारकै क्रममा हुनुहुन्छ ।

रोजगार गुमाएर बसेका म्याग्देलीलाई राहतको योजना बनाउनुभएको छ कि छैन त ?
रोजगार गुमाएर बसेका म्याग्देलीहरुको लागि हाल सबै भन्दा पहिला उहाँहरुको उद्दार गर्ने कार्य प्रमुख हो जसमा मोनाले विश्वभर रोजगार गुमाउनु भएका म्याग्देलीहरुलाई उद्दार गरि आवश्यक सहयोग गर्ने, घर फिर्ता हुन चाहनुभएका लागि घर फिर्ती कार्यमा सहयोग गर्ने कार्य मोना एनईसीहरुको सहकार्यमा गरिरहेको छ ।

तसर्थ रोजगार गुमाएर बस्नु भएका म्याग्देलीका लागि तत्काल राहतको योजना भनेको स्वदेश फिर्तीका सहयोग हो र यसै योजना अन्र्तगत कोभिड–१९ले रोजगार गुमाएर बसेको म्याग्देलीहरुलाई जुन देशमा हुनहुन्छ त्यस देशको राष्ट्रिय कार्यसमितिले हामिलाई आवश्यक सिफारिस पत्र पठाएको खण्डमा अवस्था हेरेर मोना आईईसी मार्फत सञ्चालित “मोना आपतकालीन राहत कोष” बाट राहत दिने व्यवस्था पनि रहेको छ ।

रोजगार गुमाएर गृहजिल्ला फर्किएकालाई स्वरोजकारमुलक कार्यक्रम सञ्चालन गर्न सकिदैन, यसमा तपाईको योजना के त छ ?
रोजगार गुमाएर गृहजिल्ला फर्किएकालाई स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्न सकिन्छ। विदेशमा सिकेको सीप र क्षमता आफ्नो ठाँउमा प्रयोग गरि स्वदेशमै रोजगारी गरी उद्यमी बनाउनका लागि नै हामिले मोना ईन्भेष्टमेन्ट कम्पनीको अवधारण ल्याएका हौँ । रोजगार गुमाएर स्वदेश फर्किनु भएका व्यक्तिहरुका लागि पछि यो सुनौलो अवसर सवित हुनेछ ।

मोना ईन्भेष्टमेन्ट कम्पनीको प्रोजेक्ट कार्य अघि बढिसकेको छ जिल्लामा लगानीका प्रवल सम्भावना हेरी स्वदेशमै लगानी गर्न प्रोत्साहित गरि स्थानिय युवाहरुलाई रोजगार दिलाउने यसको प्रमुख उद्देश्य हो यस अन्र्तगत रोजगारी सिर्जना गर्ने कार्य अगाडी बढिरहेको अवस्थामा छ । 

मोनाले पुर्नवास अभियानमा कति आर्थिक संकलन गरेको छ, कतिवटासम्म घर बनाउँछ ?
विभिन्न देशमा रहेका मोनाको राष्ट्रिय कार्यसमिति, म्याग्देलीहरुको अन्य संघसंस्थाहरुको पहल, र सहकार्यमा म्याग्देली तथा गैरम्याग्देलीहरुले सहयोग गरि मोनाले पुनःर्वास अभियानमा हाल सम्म विश्वभरिबाट लागभग २ करोड रकम बोलकबोलको रुपमा सहयोग उठिसकेको अवस्था छ उक्त रकम चाडै नै मोना आईईसीमा आउने कार्य भईरहेका छ भने अझै पनि कति पय देशहरुमा सहयोग उठ्ने क्रम जारीनै छ ।

हाल मोना र स्थानिय सरकार समन्वय गरि कार्यगरिरहेको अवस्थामा लागत अनुमान कार्य भईरहेको हुदाँ यकिनका साथ यतिनै घर भनेर अहिले तोकि नसकेको अवस्था छ तर हामि सकभर सबै घर स्थानिय सरकार र मोना सहकार्य गरि बनाउने योजना छ ।

मोनाले घोरेपानीमा जारी गरेको घोषणापत्र अनुसार हालसम्म के कस्ता प्रगति गरेको छ ?
मोनाले घोरेपानीमा जारी गरेको घोषण पत्र अनुसार हालसम्म लागभग सबै कार्यहरु सम्पन्न भैसकेका अवस्थामा छन् भने केहि कार्यहरु जारी नै छन् । स्थानिय सरकार सँग समन्वय, लागानीका योजना, भ्रमण वर्ष हाल स्थगित भएता पनि त्यसको लागि प्रचार प्रसार, संगठन विस्तार, आर्थिक समाजिक तथा खेल क्षेत्रमा योगदान, आन्तरिक कलाकारलाई प्रोत्साहन, एकद्वार प्रणाली लागूगर्ने, कृषि पर्यटन प्रर्वद्धन तथा अर्गानिक उत्पादनका लागि लगानी भित्राउने जस्ता कार्यहरु घोषण पत्रमा उल्लेखित भएअनुसार नै हामि कार्य अगाडि बढाएका छौँ र कति पय कार्यहरु सम्पन्न हुने अवस्थामा छन् ।

मोना आइइसीले म्याग्दी जिल्लामा के–कस्ता योग्दान पुर्याएको छ ?
प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि प्रतिको उत्तर दायित्व बहन गर्दै यस संस्थाले विगत लामो समय देखी जिल्लाको सामाजिक, आर्थिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान दिएको सर्वविदित नै छ।

यस मध्ये म्याग्दीको विसाकमा सम्पूर्ण म्याग्देली प्रवासी एक जुट भै निजी तथा स्थानिय तह सँग सहकार्य गरि पर्यटन प्रर्वद्र्वनको लागि मोना लभ्ली हिल पदमार्ग निर्माण गरिएको छ, मोना टाक्स फोर्स संचालन गर्दै जिल्लामा भएका ८०प्रतिशत विद्यालयमा निशुल्क विद्युतिय पुस्तकालय सञ्चालन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा सबैको पहुच होस् भनि विभिन्न समयमा दुरदराजका परिवारको लागि निशुल्क स्वास्थ्य शिविर तथा दन्त शिविर आयोजना गर्दै आईरहेको छ ।

म्याग्दी जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री मेसिन वितरण, एम्बुलेन्स सहयोग, ईमेरजेन्सी कुरुवा भवन निर्माणमा सहयोग, जिल्लामा भएको श्री बक्स गुल्मलाई भै परि आउने प्रकोपमा छिटो छरिटो उद्वार कार्य गर्न सजिलो होस् भनि उद्वार राहत सामाग्री वितरण, जिल्लामा भै परि आउने दैवि प्रकोपमा जिल्लाबासिलाई तत्कालै राहत सहयोग गर्दै आएको छ, महिला तथा बालबालिकाहरुको हक, अधिकार सुरक्षीत गर्न, बालहिंसा निवारण गर्न, बेचविखन तथा ओसारपसार, बालश्रम नियन्त्रण गर्न तथा उद्वार तथा पुनःव्यवस्थापन गर्न महिला तथा बालबालिका अक्षय कोषको निर्माण गरिएको छ ।

स्थानीय संस्कृति जर्गेण गर्ने र स्थानिय कलाकारलाई प्रोत्साहन दिने, रोजकारिका लागि मोना ईन्भेष्टमेन्ट कम्पनी योजना, विदेशमा गई अलपत्र पर्नु भएका म्याग्देलीलाई सहयोग, कोभिड–१९ रोकथामका लागि आवश्य उपकरण सहयोग, आदी जस्ता कार्यहरु हाल मोनाले गरिसकेको छ र भविष्यमा पनि निरन्तरता दिने छौँ ।  प्रस्तुती जेनिशा पुरी÷ सुवास सुबेदी

Leave a Reply