बागलुङ नगरपालिका–४ कुँडुलेमा केही दिन अघि भएको जातीय अपमान विरुद्ध दलित युवा सञ्जाल बागलुङले मुद्धा दर्ता गरेको छ । पछिल्लो समय बागलुङमा दलित तथा जनजाती समुदायले पनि संस्कृत पढ्न पाउनुपर्छ भन्ने बिषय उठ्न थालेपछि कुँडुलेका स्थानीयबासीले दलितलाई ठाडो विभेद गरेको सञ्जालले आरोप लगाएको छ ।

सञ्जालले जिल्ला प्रहरी कार्यालय बागलुङमा मुद्धा दायर गरी विभेद गर्ने सबैलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । दलित युवा सञ्जालका अध्यक्ष राजकुमार बोसेलले यही भाद्र १५ गते कुँडुलेका युवा पण्डित चन्द्रकान्त पौडेलले सबै समुदायले संस्कृत पढ्न पाउनुपर्छ भन्ने माग गरेपछि त्यहाँका स्थानीयले देखाएको अपाच्य व्यवहार एवं दलित प्रति भएको विभेदको भिडियो सहित प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेको जानकारी दिए । हरेक पटक दलित माथि हुने विभेदलाई सहन नसक्ने भएकाले अब कानुनी उपचार खोज्न बाध्य बनेको अध्यक्ष बोसेलले बताए ।

दलित युवा सञ्जालका सचिव राहुल बोहोराले दलित समुदायको मानसपटलमा नै असर गर्ने खालको अपमान भएकाले पनि अदालतबाट न्याय खोज्न लागिएको बताए । दलित समुदायका युवाहरुको अधिकारका निम्ति लड्ने संगठन भएकाले दलितको आत्मसम्मानमा ठोस पु¥याउने सबैलाई कारबाही हुनुपर्ने माग गरे ।

संगठनले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिमको कारबाही गर्नुपर्ने माग गरेको छ ।

 

 

Leave a Reply