बुधबार रातिको भारी वर्षासँगै ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण ज्यान गुमाएका १४ मध्ये ६ जनाको अझै पहिचान खुल्न सकेको छैन । मृतक आठजनाको भने पहिचान खुलेको छ।  जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाढीका कारणले २४ जना अझै बेपत्ता छन् ।

ढोरपाटन सिकार आरक्षको देउरालीछेउको पहाड खसेर थुनिएको खोला फुटेपछि भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका– ९, ८, ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो ।

बाढीमा परेर ज्यान गुमाएका १४ जनाको शव भेटिएको थियो । जसमा  ढोरपाटन नगरपालिका– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती, ३२ वर्षीया करमती बुढा र ३१ वर्षीय प्रेम पुनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । मृत अवस्थामा फेला परेका ६ जनाको अझै पहिचान खुलेको छैन ।

Leave a Reply