बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित साबिकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढोपोखरी’ बाट देखिएको विश्वकै सातौं अग्लो धौलागिरी हिमाल । राजा गिर्वाणयुद्धको इतिहाससँग जोडिएको छ। राजा गिर्वाणयुद्धका नीरसुब्बा (अहिलेको स्वकीय सचिव) रहेका रत्नेचौरका वसन्त बोगटीले विसं १८६६ मा राजाको इच्छामुताविक त्यो पोखरीको निर्माण गरेको बताइन्छ ।

मानवबस्तीको विस्तारसँगै रत्नेचौरमा पानीको हाहाकार भएपछि ढोडेनीबाट पानी बोकेर खाने,सरसफाइ गर्ने र पशु चौपायाँलाई खुवाउने गर्नुपर्दा स्थानीय आजित भएको अवस्थामा स्वं वसन्त बोगटीले यो कुरा राजा गिर्वाणयुद्धलाई सुनाएपछि राजाको इच्छाअनुसार नै पोखरी निर्माण गरी ढोडेनी खोलासम्म नहर बनाई पानी संकलन गरेर स्थानीयले पानीको समस्याबाट मुक्ति पाएको बताइन्छ । विसं १८४० मा निर्माण गरिएको अञ्चलकै पहिलो मानवनिर्मित पोखरी संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको थियो। ठूलो संख्यामा जनशक्ति प्रयोग गरी खानेपानीको पोखरी निर्माण गरेपछि रत्नेचौरमा खेतीपाती गर्न थालिएको थियो। करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा बगैँचा विस्तार गर्न ७ रोपनी जग्गा रहेको छ। तस्वीर सौजन्य सन्तोष महत

Leave a Reply