---Advertisement---

नवजात शिशुमा देखिन्छन् यस्ता जटिल समस्या

On: September 5, 2020 11:02 AM
Follow Us:

नवजात शिशुको शरीर निकै संवेदनशील हुन्छ। उनीहरुलाई बढी हेरचाह गर्नुपर्ने हुन्छ। भर्खरै जन्मिएका शिशुमा जटिल लक्षणहरु समेत देखापर्ने हुँदा उनीहरुको स्वास्थ्यसम्बन्धि हरेक कुरामा ध्यान दिन जरुरी हुने चिकित्सकहरु बताउँछन्।

नवजात शिशुमा धेरै ज्वरो आउनु, धेरै कम तौलको बच्चा हुनु, सास फेर्न गाह्रो हुने छिटोछिटो सास फेर्नु, कम्पन आउने, बच्चाको हातखुट्टा चिसो हुने लक्षण देखिन्छन्।

साथै दूध चुस्न नसक्नु, नाइटोबाट रगत वा पिप बग्नु, आँखा र छाला पहेँलो देखिनु, बच्चा सुस्त वा बेहोस हुनु, जन्मेको २४ घन्टासम्म बच्चाले दिशापिसाब नगर्नु र बच्चाको शरीरभरि फोका आउनु जटिल लक्षण रहेको चिकित्सकहरु बताउँछन्।

यस्तो जटिल समस्याबाट बचाउन शिशुहरुलाई जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा बनाउनुपर्छ। नवशिशुको नाभी काट्न साथ नाभी मलम लगाउने। तर, अरु केही लगाउनु हुँदैन।

नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाएर आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ।  संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा लैजानु हुँदैन।

साथै शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले राम्ररी हात धुने, २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउने, जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउनुपर्छ।

आवश्यक परेमा तुरुन्तै चिकित्सकको सल्लाह र सुझाव लिएर नवशिशुलाई स्याहार्नुपर्छ। नवशिशुको स्वस्थ शरीरका लागि अभिभावकले स–सना कुरामा ध्यान दिन जरुरी छ।

एजेन्सीकाे सहयाेगमा