अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएकोे पश्चिम म्याग्दीको सडक मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । असार महिनाको २५ गते रातीको बाढीपहिरोले बाढीपहिरोले कटान गरेर क्षतिग्रस्त भएको मालिका–७, बिम जोड्ने सडकको मर्मतकार्य अन्तिम चरणमा पुगेको छ।

गाउँपालिकाको केन्द्र दरबाङबाटै मर्मत सुरू गरिएको ९ किलोमिटरको सडकखण्डको पुरानै ट्याकबाट स्तरोन्नती गरिएको वडा अध्यक्ष रेशम जुग्जालीले बताउनुभयो ।

‘अवको केही दिनमा मर्मत सकिन्छ,‘तत्कालका लागि मुख्य–मुख्यलाई प्राथमिकतामा राखिएको छ’ अध्यक्ष जुग्जालीले भन्नुभयो ।

सडक मर्मतका लागि जिल्ला समन्वय समितिमार्फत गाउँपालिकालाई ५० लाख विनियोजन भएकोमा दरबाङ हुदै बिम जोड्ने सडकमै करिब ४० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

सडक मर्मतमा ४० लाखको इष्टिमेट गरिएपनि उक्त बजेट मर्मतमा अपुग हुने अध्यक्ष जुग्जालीको भनाई छ। सडकखण्ड अन्तरगत खारा खोला, गलघण्टी, बिबोट, खोला, गैरीखेत लगायतका स्थान धेरै समय लागेको स्काभेटर अप्रेटर देबेन्द्र चोखालले जानकारी दिनुभयो ।

सडकखण्डमा ६ सय घरमिटर ग्याविनजाली लगाइएको छ । बिममा पहिरोमा परेर ८ जनाको ज्यान गएको थियो भने एक बालिका बेपत्ता छन् ।

वडाभित्र जोड्ने सबै सडक, खानेपानी लगायतका संरचना बाढीपहिरोले क्षती पुगेको छ । यसैबीच धवलागिरी गाउँपालिका–६ मराङ जाने सडकको समेत मर्मत सुरु गरिएको छ । सडकखण्डको पुरानो ट्याक बाढीपहिरोले बगाएपछि नयाँ टयक खोल्ने काम भइरहेको छ ।

Leave a Reply