म्याग्दीका थप २१ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । कोरोना संकास्पद मानिएको २ बिरामी, ३ प्रहरीका साथै जिल्ला बाहिरबाट आएका ९ जनाको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

पोखराबाट सरुवा भई आएका एक प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रहरीको रिर्पोट नेगेटिभसँगै हालसम्म समुदाय कोरोना फैलिनबाट जोगिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । ‘जोखिम कायमै छ,‘बागलुङमा समुदायमै कोरोना देखिएकाले थप सर्तकता अपनाउनुपर्छ’ लम्सालले भन्नुभयो ।

सर्तकता आवश्यक रहेपनि त्रसित हुनुपर्ने अवस्था नभएकाले नाकामा कडाई, संक्रमण फैलिएको क्षेत्रबाट आउने सर्वसाधारणलाई निगरानी तथा अपरिचित ब्यक्तिका बारेमा जानकारी भएमा सम्पर्क गर्नुपर्ने लम्सालले बताउनुभयो ।

हालसम्म समुदायस्तरमा कोरोनाको जोखिमलाई मध्यनजर गरी यसअगाडी संकलन गरिएको करिब ५ सयभन्दा बढीको स्बाब संकलन गरिएकोमा कोराना संक्रमित निको भएर गएका बाहेक सबैको स्बाब नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभर फ्रन्टलाइनमा बसेर सर्वसाधारणलाई सेवा दिने जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय अगुवा, जिल्ला बाहिरबाट आएका स्थानीय, वित्तिय संस्थाका प्रतिनिधि, होटल ब्यवसायी, चालकको स्बाब संकलनलाई तिब्रता दिइएको छ । म्याग्दीमा जिल्ला बाहिरबाट आउने कालिपुल बाहेकको नाका बन्द गरिएको छ ।

Leave a Reply