शैक्षिक क्षेत्रमा सहयोग गदैं आइरहेको रेखा मेमोरियल ट्रष्टले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारमा करेन्ट लागेर दुवै हात गुमाएकी कृशिखा विकलाई छात्राबृत्ति वितरण गरेको छ।

आफ्नो स्वर्गीय दिदी रेखा बरुवालको स्मृतिमा बद्री र केदार बरुवालले स्थापना गरेकाो ट्रष्ट मार्फत शनिबार पाउद्धारमा आयोजित कार्यक्रममा कृशिखाको शिक्षादिक्षाका लागि नगद १५ हजार सहयोग हस्तान्तरण गरिएको हो ।

छात्राबृत्ति वितरण कार्यक्रममा कार्यवाहक अध्यक्ष राजेश तिलिजा, स्थानीय अगुवा भिम तिलिजा (पुन) लगायतको उपस्थिती रहेको थियो ।

छात्रबृत्ति वितरण कार्यक्रमको संयोजन घारका यूवा राजराम बरुवालले गर्नुभएको थियो । छात्रबृत्ति वापतको रकम बुझ्दै कृशिखाकी आमा शुसिला सिर्पालीले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले छोरीले नयाँ जिवन पाएको बताउँदै प्राप्त सहयोगलाई शिक्षादिक्षामा खर्च गर्ने बताउनुभयो ।

ट्रष्टमार्फत हरेक बर्ष म्याग्दीमा विभिन्न शैक्षिक सहयोगका साथै देशभर आवश्यकता अनुसार सहयोग गर्ने गरेको संस्थापक बद्री बरुवालले अष्टेलियाबाट जानकारी दिनुभयो । उहाँले म्याग्दीका सबै क्षेत्रमा ट्रष्टको सहयोग पुग्ने गरी थप योजना सहित अगाडी बढ्ने बताउनुभयो ।

बालिकाको बैशाख महिनाको ३ गते घर नजिकै रहेको विद्युत ट्रान्सफर्मरबाट करेन्ट प्रवाह हुदाँ कुमबाटै हात काटेर फालिएको अवस्थामा स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले उपचार र बाँकी आर्थिकलाई गरिमा विकास बैंकको खातामा राखिएको छ ।

यसैबीच अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले शिक्षादिक्षामा ३० हजार नगद सहयोग गर्नुभएको छ। अध्यक्ष पुनले भविस्यमा आवश्यकता अनुसार थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको कृशिखाकी आमा शुसिलाले जानकारी दिनुभयो । कृशिखाको आर्थिक सहयोग तथा उपचार सम्बन्धि दर्जनौ समाचार बेनीअनलाइनले प्रकाशित गरिसकेको छ ।

Leave a Reply