म्याग्दीका एक मात्रै कोरोना भाइरस सङ्क्रमित प्रहरीको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ आएको छ ।

गएको भदौ १ गते गण्डकी प्रदेशको प्रहरी तालिम केन्द्रबाट सरुवा भई आएका प्रहरी जवानमा कोरोना पोजेटिभ देखिएपछि खुल्लामञ्चको आइसोलेन कक्षमा राखिएकोमा दोस्रो र तेस्रो पिसिआर परीक्षण समेत पोजेटिभ आएको स्वास्थ्य कार्यालय म्याग्दीमा प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

‘संक्रमतिको तेस्रो रिर्पोट पोजेटिभ आएपनि स्वास्थ्य अवस्था समान्य छ,‘कन्ट्याक टे«सिङमा परेका सबैको नतिजा नेगेटिभ आएको छ’ लम्सालले भन्नुभयो । उहाँका अनुसार संक्रमति प्रहरीसँगै बसेका ६ जना प्रहरी र घुलमिल भएको आशंकामा ४५ जनाको रिर्पोट नेगेटिभ आइसकेको छ ।

गएको भदौ २० गते संकलन गरी परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखरामा विदेशबाट आएका ७ जना, नेपाली सेनाका २ जवान,संकास्पद ४ बिरामी, फ्रन्ट लाइनमा खटिएका ५ स्वास्थ्यकर्मी गरी २३ जनाको नमुना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म म्याग्दीमा विदेशबाट आएका ४८ जना बाहेक समुदायमा कोरोना देखिएको छैन् ।

Leave a Reply