गुप्तेश्वर गुफा नजिकै शिव र पार्वतीको विश्वकै अग्लो मूर्ति निर्माणस्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका वडा न ४ चाक्लेको डिल भन्ने ठाउँमा मूर्ति निर्माण स्थलमा पूर्वाधार निर्माणको काम शुरु गरिएको हो ।

संघीय सरकारबाट ५० लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १० लाख र कुश्मा नगरपालिकाका १० लाख रुपैयाको कुल ७० लाख लागतमा पूर्वाधार निर्माणका काम शुरु गरिएको हो । यस अघि शिव र पार्वतीको विश्वकै अग्लो मुर्ति निर्माण गर्ने लक्ष्य सहित लगाइएको महायज्ञमा झण्डै ४ करोड रकम संकलन भएको थियो ।

समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलका अनुसार मुर्ति निर्माण स्थलका लागि झण्डै ४ रोपनी जग्गाको ब्यवस्थापन भईसकेको छ । जग्गाको अझै पनि अभाव रहेको भन्दै जति धेरै जग्गाको ब्यवस्थापन गर्न सक्यो त्यति नै मुर्ति निर्माण स्थलमा अन्य संरचनाहरु निर्माण गर्न सकिने बताए । ब्यक्तिको सहयोग अनुदान र समितिले नगद रकम समेत खर्च तिरेर जग्गा खरिद गरेको पोख्रेलको भनाई छ ।

मुर्ति निर्माण स्थलमा सिस महल, धर्म शाला र शिव तथा पार्वतिको मूति तथा मन्दिर र पार्कको निर्माण गर्ने सोचको साथ काम शुरु गरिएको उनले जानकारी दिए । सवै संरचना निर्माण गर्न ठूलो बजेट लाग्ने भएकाले त्यसको ब्यवस्थापन भने भइनसकेको उनले बताए । केहि रकम जग्गा खरिदमा खर्च भएका कारण मौज्दात रकमले मुर्ति र सवै संरचना निर्माण गर्न नसकिने उनको भनाईछ ।

हाल निर्माण भईरहेको निर्माण कार्यमा संघीय सरकारले ५० लाख रुपैंया प्रदान गरेको । यसैगरी स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत थप १० लाख र भौतिक संरचनाको निर्माण कार्यमा कुश्मा नगरपालिकाले समेत १० लाख रुपैंया प्रदान गरेपछि श्रम दान १३ लाख ६६ हजार ८ सय १६ समेतको गणना गरी कुल ८३ लाख ६६ हजार ८ सय १६ रुपैयामा मुर्ति निर्माण स्थलको भौतिक संरचना निर्माणको काम भईरहेको छ ।

 

मुर्ति निर्माण स्थलसंग जोडिएका थप जग्गाको ब्यवस्थापन गर्न समितिले पहल गरीरहेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए । यस अघि दुर्लुङका डाँडामा शिव र पार्वतीको मुर्ति निर्माण गर्ने, मुर्तिस्थलमा जानका लागि कुश्मा देखि केबलकार बनाउने प्रस्ताव आए पनि त्यो प्रस्ताव पारित हुन नसकेपछि मूर्ति कुश्मामै निर्माण गर्न लागिएको पोख्रेलको भनाई छ ।पछिल्लो समय धार्मिक र भौतिक संरचनाहरु निर्माण हूँदै जाँदा पर्वतको कुश्मा बजार पर्यटकीय सम्भावनायुक्त स्थल बन्दै गएकोछ । Source: parbatnews.com

 

Leave a Reply