म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटसँग सिमाना जोडिएको बागलुङको तमानखोला गाउँपालिकामा थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा तमानखोला गाउँपालिकाका ६ जना महिला र ३ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपर्सन याम बरालले जानकारी दिनुभयो ।

उहाँले तमानखोला गाउँपालिका वडा नम्बर १ का ३८ बर्षिय पुरुष, ४० बर्षिय पुरुष, २३ बर्षिय महिला, २९ बर्षिय महिला, २२ बर्षिय महिला, २८ बर्षिय महिला, वडा नम्बर २ का १८ बर्षिय महिला, वडा नम्बर ५ का ३० बर्षिय महिला र वडा नम्बर ८ का १९ बर्षिय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । संक्रमितहरु मध्य ३ जना स्वास्थ्यकर्मी हुन् ।

यस अगाडी भदौ १४ गते तमानखोला गाउँपालिका– २ की एक स्वास्थ्यकर्मी र एक व्यवसायी महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कन्ट्याक ट्रेसिङमा मार्फत गरिएको पिसिआर परीक्षणमा ९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकलपर्सन बरालले जानकारी दिनुभयो ।

उहाँले १ सय १९ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ र अन्यको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।

संक्रमितहरुलाई बुर्तिबाङ प्राथमिक केन्द्रको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य कार्यालयका फोकलपर्सन बरालले बताउनुभयो ।यस अगाडी स्वास्थ्यकर्मी र व्यवसायी महिलाको कन्ट्याक टेसिङमा परेकी एक जना महिलालाई भदौ २० गते कोरोना पुष्टि भएको थियो ।

यसैबीच तमानखोलामा धमाधमा समुदायमै कोरोना देखिन थालेपछि म्याग्दीसँग जोडिएका सिमा क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

मालिका–४ ओखरबोटको सोलेडाँडा हुदै ओखरबोटबाट म्याग्दीको सदरमुकाम बेनीबाट बागलुङ आवतजावत गर्नेलाई समेत रोक लगाइएको स्थानीयले जनाएका छन् । त्यस्तै रुम आसपासका क्षेत्रमा समेत कडाई गरिएको छ । मालिका–२,३ रुम ,४ ओखरबोट र ५ नं वडा देविस्थानमा तामानखोला, लाम्मेला लगायतका क्षेत्रबाट आवतजावत गर्ने गरिन्छ ।

Leave a Reply