शर्मीला न्यौपाने पेसा नर्स शहिद गगालाल हृदय केन्द्र । बासबरी पेटमा हुर्किदै गरेको बच्चाको आगमनको अपेक्षा, दिनहु ड्युटी ,२ बर्षको नाबालक छोरा अनि श्रीमान ।
ड्युटी जाने क्रममा दिदी कोरोना संक्रमीत हुनुभयो,लगत्तै २ बर्षको छोरा अनि श्रीमानमा पनि कोरोना पोजेटिभ देखियो ।
दिदी गगालाल को कर्मचारी भएको हुनाले,अस्पताल आइसोलेसनमा भर्ना हुनु भयो भने,छोरा र श्रीमान घरमै होम आइसोलेसन बस्नुभयो ।
एता अर्कोतिर दिदिको डेलिभरी समय नजिकैदै थियो,त्यसैले १२ दिन आइसोलेसन मा बसिसकेपछी संक्रमणकै क्रममा त्रिभुवन शिक्षण अस्पतालमा भर्ना भइ आकस्मिक सल्यक्रिया विधि बाट छोरीको जन्म भयो ।
छोरी कोरोना मुक्त जन्मिइन। अहिले सपरिवार कोरोना पुनः परिक्षणपछी कोरोना मुक्त हुनुहुन्छ भने दिदिले अहिलेसम्म आफ्नी छोरीलाई काखमा लिन पाउनुभएको छैन ।
यो कठिन अवस्था,त्यो पीडा,त्यो भोगाईहरु स्मरण गर्दै दिदी भन्नुहुन्छ ,”बहिनी कोभिड १९ हामीले जति हल्का रुपमा लिएका छौ,त्यो गलत गरिरहेका छौ,हामीमा आत्मबल थियो,परिवार स्टमित्र,साथीभाई को साथ र सहयोग थियो,र भगवानको कृपाले हामी कोरोना मुक्त भयौ ,निकै पीडा भयो,निकै कष्ट भोग्नुपर्यो,त्यसैले हामी सबै सक्रमित हुनबाट जोगियौ,सुरक्षित रहौ,सभ्य नगरिक बनौ ।”
यो अनुभव सुनिरहदा मनमा अनेक प्रश्न हरु उब्जिए,स्वास्थकर्मी स्वयम र परिवार सहित को जोखिम मोलेर आम जनताको सेवामा खटिरहेका छन,अनि उनीहरुलाई धन्यवाद दिनुको साटो टोलमा बस्न नदिने भन्दै धम्की ,ढुंगामुडा गर्नु जस्ता अबैध व्यबहार गर्नु कत्तिको लाजमर्दो कुरा हो? हाम्रो समाज कतातिर जाँदै छ,हामी कुन बाटोमा हिडिरहेका छौ त? यो प्रश्न तपाईं हामी सबैलाई ।