सधै काठमाण्डौको पशुपती आर्यघाट आसपासमा भेटिने म्याग्दीकी सपना रोका मगरको दैनिकी केहीदिन यता परिवर्तन भएको छ ।

काठमाण्डौका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिने गरेकी रोका अहिले लकडाउन र निषेधाज्ञाका कारण काम गर्न नपाएपछि समस्यामा परेका श्रमिक तथा असहाय र बेसाहरा मानिसलाई खाना खुवाउन काठमाण्डौका गल्ली–गल्लीमा पुग्छिन् ।

उनलाई अभियान्ता विनयजंग बस्नेत लगायतको टोलीको साथ छ ।‘दैनिक ठुलो संख्यामा खुवाउने गरेका छौ,‘भोकभोकै बस्नेहरुलाई दुई छाक खुवाउने अभियानमै ब्यस्त छु’रोकाले बेनीअनलाइनसँग भनिन् ।

कोभिड–१९ को जोखिम रोक्न सरकराले गएको चैत ११ मा लगाइएको बन्दाबन्दी साउन ६ गते हटेपछि बिस्तारै काम पाइने आशामा बसेका करिब दुई हजार मजदुर भोकभोकै सडकमा देखिन थालेपछि दैनिक १७ सयभन्दा धेरैलाई सामाजिक अभियान्ता बस्नेत सहित आर्थिक ब्यवस्थापन गरी खाना खुवाउने गरेको रोका मगरको भनाई छ ।

‘सडकमा मजदुरको विजोक छ,‘धेरैको आँखाबाटै खाने भातमा आँसु समेत झर्ने गरेको छ’ सपनाले भनिन् । एकछाक खाना जुटाउन पनि सकस भइरहेको अवस्थामा सडकै पुगेर भात खुवाउँदा आनन्द महसुस भएको उनले बताईन् ।

काठमाण्डौमा दैनिक अनौपचारिक क्षेत्रमा श्रम गरेर पालिनेहरूको अवस्था दयनीय बनेको देखेर सपना सहितको टोलीले सुरु गरेको अभियानमा विस्तारै विभिन्न क्षेत्रबाट समेत जोडिन थालेका छन् । ‘खाना खोज्दै सडकमा आउनेहरुलाई हामीले साथ दिएका मात्रै छौ,‘यो काम सरकारको हो, हामीले अहिले समस्यामा परेकालाई राहत दिने काम गरेका मात्रै छौ’ उनले भनिन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएक र असहायलाई काठमाडौंको खुला मञ्चमा देखिने भिडले थप जिम्मेबारी बढाएको रोका मगरको भनाई छ । सामान्य अवस्थामा पसिना बगाएर परिवार पाल्ने मजदुर रोजीरोटीको मेलो बन्द भएपछि मारमा परेको अवस्थामा सहयोगी संस्थामार्फत खाना खुवाउन थालेपनि सरकारी निकायबाट कुनै चासो दिइएको छैन् ।

Leave a Reply