सामाजिक तथा मानवीय सेवामा सक्रिय ३२५ बि १ नेपालले ८० बाढीपहिरो पीडित घरपरिवारलाई ४ लाख बराबरको राहत साम्रागी सहयोग गरेको छ ।

लायन्स क्लव अन्तराष्ट्रिय मार्फत ३२५ बि १ मार्फत बाढीपहिरोबाट बेनी नगरपालिकाका २८ परिवार, धवलागिरी गाउँपालिका २६, अन्न्पूर्णमा १५, मंगला ५ र छिमेकी जिल्ला पर्वत बेनीका ४ घरपरिवारलाई स्थानीय तहमार्फत सहयोग गरेको हो ।

बुधबार म्याग्दीमा क्रियासिल लायन्स क्लवले बेनी नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई सहयोग साम्रागी हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रजिअ अधिकारीले सामाजिक तथा मानवीय सेवामा लायन्स क्लवको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै बेनपाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले स्थानीय तहको स्रोत र साधनले मात्रै प्राकृतिक विपत्तीमा परेकालाई राहत ब्यवस्थापनमा समस्या हुने गरेको अवस्थामा सामाजिक संघसंस्थाको सहयोगले राहत मिलेको बताउनुभयो ।

लायन्समार्फत प्रति परिवारलाई ५ हजार बराबरको राहत साम्रागीमा १ थान त्रिपाल, १ ब्लाङ्केट, मेट्क्स, एक बोरा चामल, १ केजी दाल, १ केजी चिनी, नुनतेल लगायत रहेको लायन्सका रिजन लोकेश पुनमगरले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लव ३२५ बि १ नेपालका स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावलले पश्चिम म्याग्दी र उत्तरी क्षेत्रमा वितरण गरिएको राहत साम्रागी त्यहाँ सक्रिय क्लवमार्फत हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा कलस्टर प्रमुख लायन सुनिता केसी, जोन चियरप्रसन लायन ठाकुर प्रसाद आचार्य, बेनीमा सक्रिय क्लवका अध्यक्ष सहितको उपस्थिती रहेको थियो । क्लवमार्फत कोभिड–१९ को सङ्क्रमणबाट जोगिन म्याग्दीमा विभिन्न राहत साम्रागी वितरण लगायतका कार्यहरु समेत गरेको थियो । लायन्स क्लव म्याग्दीमा धेरै सहयोग भित्राउने संस्थाको रुपमा समेत चिनिन्छ ।

Leave a Reply