संसारमा यस्ता सफल ब्यक्तित्वहरु छन् । जसलाई आफ्नै भाग्यले यति तल सम्म थचारि दिएको हुन्छ, जहाँबाट अझ तल झर्ने ठाउँ पनि हुदैन । आखिरी धरातल सम्म पुगेर पनि त्यही धरातललाई टेकेर माथि उठेका हुन्छन् ।

पिता भिम प्रसाद गर्बुजा र माता उलमति गर्बुजाको कोखबाट कान्छा पुत्रको रुपमा वि.स. २०२६ साल माघ २५ गतेको दिनमा धवलागिरी गाउँपालिका वडा नं. ६ (साविक मराङ्ग गा.वि.स. वडा नं. ६) अर्वाङ्ग भन्ने ठाउँमा भएको हो ।

नविन जुग्जाली

गर्वुजाको प्रारम्भिक शिक्षा श्री जन विकास प्रा. वि. अर्वाङमा भएको थियो । यस पछि तत्कालिन श्री जनविकास नि.मा.वि. मराङ्ग भर्ना भई केही महिना पढे पछि फेरी केही महिना तत्कालिन श्री किसानी नि.मा.वि. बिममा पनि केही महिना अध्ययन गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएकोले गर्वुजाले आफ्नो अध्ययनको शिलसिलालाई बीचमै रोकी भारतीय सेनामा भर्ति हुने सपना बोकेर १५ वर्षको कलिलो उमेरमा भारत तर्फ लाग्नु भयो । तर फाईनलमा पुग्दा गर्वृजाको सेना बन्ने सपना तुहिए पछि भारतमै बसि विभिन्न क्षेत्रमा नोकरीको लागि भौतारिएका थिए ।

भारतबाट फर्केपछि एक दिन गर्वुजाले आफ्नो चिना बोकेर मराङ्ग बेशी गई त्यहाँ बाहुन पण्डितलाई आफ्नो चिना देखाउनु भयो । गर्वुजाको चिना हेरेर ज्योतिषीले भन्यो, हेर बाबु तिम्रो ग्रह बिग्रको छ । तिमीले छिट्टैनै गृह शान्ति गर्नुपर्छ, भनि सल्लाह दिएका थिए ।

यता गर्बुजाले ज्योतिषीको कुरालाई खासै महत्व दिएनन्, यसको भोलिपल्ट मराङ्ग गा.वि.स.ले सामुदायिक वन अरली भीरको घास फुकुवा गरेको थियो । त्यही भीरमा घास काट्न जाँदा वि.स. २०४३ साल पौष ८ गते मंगलबारको दिनमा उहाँ भिरबाट एकसय मिटर तल खस्दा सदाको लागि हिंडडुल गरी बाँच्ने सौभाग्य गुमाउनु परेको थियो ।

त्यति बेला कमजोर आर्थिक अवस्था र सामाजिक चेतनाको अभावका कारण गर्वुजालाई तत्कालै विशेष किसिमको उपचार गर्न नपाउदा उहाँले लामो समयसम्म दुर्गती झेल्नु प¥यो ।

यस पछिका दिनहरुमा झाव्रmी धामीले पुजा गर्ने विभिन्न जडिबुडीहरु खाने जस्ता घरेलु उपचार गरिएको थियो । यसो गर्दा पनि रत्ति सुधार नभएपछि अनेक दुःखकष्ट गरी उपचारको लागि काठमाडौंमा जानुभएको थियो ।

दर्द हरेक मान्छेको हृदयभित्र दबिएर बसेको हुन्छ । कसैले रोएर ब्यक्त गर्छन् भने कसैले हाँसेर लुकाउँछन्। गर्वुजाले आफ्नो हृदयको दर्द गीत गाएर ब्यक्त गर्थे र गीत सुन्नेहरुको हृदय पगालिदिन्थे । यस बापत केही दयालु मन भएकाहरुले केही पैसा गर्वुजाको रुमालमा राखिदिन्थे ।

यसरी जम्मा पारेको पैसाले बाग्लुङ्गको बलेवाबाट हवाईजहाज चढी काठमाण्डौ अवतरण गरेका खड्ग गर्वुजाले बिभिन्न सहयोगी संघसंस्थाहरु खोज्न थाले ।

ठीक यही समयमा भगवानको स्वरुपमा भेटिएका सेन्ट जेभियर्स सामाजिक सेवा श्रम जावलाखेलका फादर थोमस ई ग्याफ्नीले गर्वुजालाई संरक्षण दिनुको साथै पढाउने निर्णय दिए पछि गर्वुजाले महेन्द्र भृकुटि मा.वि. जावलाखेलको नौ कक्षामा भर्ना भई आफ्नो अध्ययन सुरु गरे ।

कक्षा ६, ७ र ८ का विषयहरु नपढि एक्कासी कक्षा ९ का विषयहरु अध्ययन गर्नुपर्दा गर्वुजाले आफ्नो पढाईमा निकै धेरै मेहनेत तथा संघर्ष गर्नु परेको थियो ।

स्वभावमा अति मिलनसार, सहयोगी, मेहनेती, लगनशील, इमान्दार, अनुशासित गर्वुजा स्कुलको पढाईमा पनि त्यतिकै तीक्ष्ण बुद्धिका थिए ।

आफ्नो अध्ययन संगंसंगै रेडियो नेपालबाट स्वर परिक्षामा उतिर्ण भए पछि, गीत संगीतलाई पनि उत्तीकै तिव्रता दिएका गर्वुजाले वि.स. २०४६ सालको कार्तिकमा ‘कर्म दिने भावी पनि कस्तो’ भन्ने गीत रेडियो नेपालबाट पहिलो रेकर्ड गराउनु भएको थियो ।

यसको लगतै ‘दुःखको भुमरी,’ भन्ने पहिलो गीति एल्बम निकाल्न सफल भएका गर्वुजाले कक्षा १० टेष्ट परीक्षामा पनि प्रथम श्रेणीमा उत्तीर्ण भई वि.स. २०४९ सालको प्रवेशिका परीक्षामा समेत द्रोस्रो श्रेणीमा उत्तीर्ण हुनु भएको थियो ।

यस पछि उच्च शिक्षा अध्ययनको लागि सयुक्त क्याम्पस पाटनमा भर्ना भई अध्ययन गर्ने सिलसिलामा अति असल मित्रको रुपमा भेटिएका सञ्जय जुग्जालीबाट अमुल्य सहयोग र प्रेरणा पाउँदा एउटा नयाँ उर्जा पाएका गर्वुजाले नियमिततर्फबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भए पश्चात स्नातक तह अध्ययनको लागि आरआर क्याम्पसमा भर्र्ना भई स्नातक तह दोस्रो वर्षसम्मको योग्यता हासिल गर्नुभएको छ ।

प्रतिभाशाली गर्वुजा बास्तवमा मिठो स्वरको धनी हुनुहुन्थ्यो । खड्ग गर्वुजाको हालसम्मको गीत संगीत थुप्रै गीत एल्वम प्रकाशित छन् भने करिब हजार जति गीत रेकर्ड भईसकेको छ ।

यसरी गीत संगीतको माध्यमबाट नेपाललाई थुप्रै योगदान दिए बापत वि.सं २०५९ सालमा पूर्व राजा ज्ञानेन्द्र शाहको वाहुलीबाट “गोरखा दक्षिण बाहु” जस्ता उच्च पदवी पाएका गर्वुजाले नेपाल जेसिसबाट उत्कृष्ट राष्ट्रिय प्रतिभा पुरस्कार, रेडियो नेपालबाट अधिराज्यमा दुई पटक पुरुस्कृत हुनु भएको छ भने लाली गुराँस कला मन्दिर काठमाडौं, पुन समाज पोखरा, मगर संघ काठमाडौं, कस्तूरी यूवा क्लब बाग्लुङ्ग, जिल्ला विकास म्याग्दी आदि इत्यादि संघ संस्थाहरुबाट सम्मानित भइसक्नु भएको छ ।

खड्ग गर्वुजा वि. सं. २०५४ साल देखि आज सम्म निरन्तर रेडियो नेपाल अन्तरगत संगीत शाखामा कार्यरत हुनुहुन्छ । हरेक कोइला हिरा बन्दैन, जुन कोइलालाई ताप र चापको ज्यादा चुनौति झेल्नु पर्छ, वास्तवमा त्यस्ता कोइलाले मात्र हिरा बन्ने हैसियत राख्छन् ।

गर्वुजा थुप्रै कोइला बीचका एक हिरा हुन् । जसले आर्थिक संकट र दुर्दशाको चुनौति झेल्नु प¥यो । वास्तवमा यी चुनौतीका दिनहरुले नै गर्वुजा भित्र दबिएर रहेको हिरा बाहिर ल्याई दियो । यसैले त गर्वुजा गीत संगीतको संसारमा हिरा जस्तै चम्किरहेका छन् ।
लेखक  जुग्जाली बेनी अनलाइन र बेनी साप्ताहिकका नियमित स्तम्भकार हुन् ।

Leave a Reply